एजेन्सी – भारत र इंग्ल्याण्डबीचको ५ वटा टी–२० म्याचको सिरिजको दोस्रो खेल आज चेन्नईको एमए चिदम्बरम स्टेडियममा हुँदैछ।
यो खेल भारतीय समयअनुसार साँझ ७ बजे सुरु हुनेछ। टस साँझ ६ः३० बजे हुनेछ। सिरिजको पहिलो टी–२० खेलमा भारतले इंग्ल्याण्डलाई ७ विकेटले पराजित गरेको थियो।
जनवरी २४ मा अभ्यासका क्रममा चोटग्रस्त भएपछि नितिश रेड्डी ५ खेलको टी–२० सिरिजबाट बाहिरिएका छन्। पहिलो टी–२० खेलमा फिल्डिङ गर्ने क्रममा रिंकु सिंहको कम्मरमा दुखाइ भएपछि उनलाई पनि बाहिर राखिएको छ। यस्तोमा शिवम दुवे र रमनदीप सिंहलाई टोलीमा समावेश गरिएको छ।
भारत र इंग्ल्याण्डबीचको यो सिरिजको पहिलो टी–२० खेल कोलकत्तामा भएको थियो। उक्त खेलमा भारतले इंग्ल्याण्डलाई ७ विकेटले पराजित गरेको थियो।
जहाँ अभिषेक शर्माले सर्वाधिक ७९ रन बनाएका थिए। वरुण चक्रवर्तीले ३ विकेट हासिल गरेका थिए।


