२०८३ कार्तिक १३ गते बिहिबार

नेदरल्यान्ड्ससँग हारेर बाहिरियो नेपाल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ९
Nepali national cricket

काठमाडौं – नेदरल्यान्ड्ससँग हार बेहोरेसँगै आईसीसी विश्वकपको ग्लोबल छनोटको पहिलो चरणबाटै नेपाल बाहिरिएको छ। सुपर सिक्समा पुग्ने लक्ष्य राखेको भए पनि नेपालले नेदरल्यान्ड्ससँग ७ विकेटको हार बेहोरेर छनोटको पहिलो चरणबाटै बाहिरिएको हो। यता नेदरल्यान्ड्स भने सुपर सिक्समा पुगेको छ। उसले नेपाल र अमेरिकालाई हराएर सुपर सिक्सको यात्रा तय गरेको हो।

छनोटको पहिलो चरणमा खेलेका चारमध्ये नेपालले एक खेलमा मात्र जित निकाल्न सक्यो। पहिलो खेलमा नेपालले आयोजक जिम्बावेसँग ८ विकेटको हार बेहोरेको थियो। त्यसपछि अमेरिकालाई ६ विकेटले हराएको थियो।

तेस्रो खेलमा त नेपालले निकै ठूलो हार बेहोर्यो। दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग नेपालले १०१ रनको हार बेहोरेको थियो। दुई हार बेहोरिसकेपछि नेपाललाई अन्तिम ६ मा पुग्नका लागि नेदरल्यान्ड्सविरुद्ध जितको विकल्प थिएन।

तर नेपालले दिएको १६८ रनको लक्ष्य नेदरल्यान्ड्सले तीन विकेटको क्षतिमा २७ ओभर एक बलमा पुरा गरेपछि नेपाल हार स्विकार्न बाध्य भएको हो।

कमजोर ब्याटिङ गरेको नेपालको हारको कारण बलिङमा राम्रो सुरुआत नभएर पनि हो। किनभने १६८ रनको मात्र लक्ष्य दिएको नेपालविरुद्ध ओपनिङ जोडीले नै १३ ओभर खेलेर ८६ रन बनाएको थियो। जबकी नेपालले ८६ रन बनाउँदा चार विकेट गुमाइसकेको थियो।

नेपालले ढिलै भए पनि ओपनिङ साभेदारी तोडेको सन्दीपको बलमा मात्र हो। बलर सन्दीपले ४३ बल खेलेका ओपनर विक्रमजित सिंहलाई ३० रनमा आउट गराए।

सन्दीपकै हातबाट नेदरल्यान्ड्का वाइजले वारासी दुई रनमै आउट भएका थिए। वारासीलाई सन्दीपको बलमा दिपेन्द्र सिंह ऐरीले क्याचआउट गरेका थिए।

ओपनर म्याक्स ओवुड एक्लैले आठ चौका र छ छक्काको सहयोगमा ९० रन जोडेका थिए। उनले नै स्कोलाई १५८ रनसम्म पुर्याएका थिए। अन्तिममा उनी गुल्सन झाको सिकार भए। यि तीनबाहेक नेपाली बलरले बाँकी खेलाडी आउट गर्न सकेनन्।

विक्रमाजितले ३० रन, बारेसीले तीन रन बनाएर आउट भए। अविजित रहेका बास ड लिडले ४१ रन तथा तेजाले २ रन बनाएका थिए।

खेलको पहिलो पारी सकिएसँगै सुरुआतमा ब्याटिङ गरेको नेपालले १६८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। खेलमा राम्रो प्रदर्शन गर्न खोजे पनि नेपालले लगातार विकेट गुमाइरह्यो।

नेपाका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ३३ रन बनाए। ३३ रन बनाउनका लागि पनि उनले ५५ बल खर्च गर्नुपर्यो। सुरुआतबाटै किफयाति देखिएका नेदरल्यान्ड्सका बलर उत्तिकै घातक सावित भए।

नेपालले खेलको तेस्रो ओभरमै दोस्रो विकेट गुमाएयो। ओपनर आसिफ शेख पहिलो विकेटका रुपमा आउट भएको १२ ओभर पछि नेपालले दोस्रो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको थियो।

ओपनर कुशलले ४२ बलमा २७ रन मात्र बनाउन सके। विक्रमजित सिंहले एडवार्डको हातबाट क्याचआउट गराएपछि नेपालको खातामा ४६ रन मात्र थियो। उनी १४ ओभर पाँच बलमा आउट भएका हुन्।

फाइल तस्बिर।

कुशलअघि खेलमा दुई बल मात्र सामना गर्न पाएका आसिफ आउट भएका थिए। आसिफ आउट हुँदा नेपालको खातामा सात रन थियो। उनलाई भान बिकले तेस्रो ओभरको दोस्रो बलमा पवेलियन फर्काएका थिए।

छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले अनिवार्य जितको आवश्यकता भए पनि नेपाले दबाबमा खेल्न सकेन। किनभने त्यसपछिका ब्याटरहरु पनि धमाधम डगआउट फर्किने थाले।

भीम सार्कीले त खेलमा सबैभन्दा धेरै डट बलको सामना गरे। मैदानमा टिक्ने स्वभावदेखाए पनि उनी ५६ बल खेलेर २२ रन बनाउँदै मैदान छोडे। उनलाई फ्योडको बलमा शरिज अहमदले क्याचआउट गराएका थिए।

भीम आउट हुनुपूर्व नै ६ रन बनाएका आरिफ शेखले पवेलियनको बाटो देखिसकेका थिए। आरिफलाई आउट गर्ने विक्रमजित नै थिए। त्यो उनको दोस्रो विकेट रह्यो।

आरिफ आउट हुँदा ५४ रन बनाएको नेपालले ६६ रन बनाउँदा चार विकेट गुमायो। त्यसपछि कुशल मल्ल र कप्तान रोहित पौडेलको जोडीलाई केही समय टिक्ने आशा गरिएको थियो। तर उनीहरुको साझेदारी पनि जम्न सकेन।

९१ रन बनाउँदै कुशल मल्ल डिपार्ट भए। १२ रन बनाएका ब्याटर मल्ल पाँचौ विकेटका रुपमा आउट भएका हुन्। उनलाई आर्यन दत्तले पवेलियन फर्काएका हुन्। रोहित र दिपेन्द्रको साझेदारी पनि जम्न सकेन। रोहित पौडेल ३३ रन बनाएर आउट भइहाले भने दिपेन्द्रले पनि १४ रन मात्र बनाउन सके।

रोहित र दिपेन्द्रलाई भान विकले आउट गराएका थिए। सन्दीपमसँग ३२ रनको साझेदारी गरेर गुल्सन झा पनि पवेलियन फर्किएका थिए। गुल्सनले १५ रन बनाए भने करण केसी त एक रनमै आउट भए। अन्तिममा सन्दीपले २७ रन बनाए।

नेपालविरुद्ध नेदरल्यान्ड्सका लोगन भान विकले ३ विकेट लिए भने बास डि लिड र विक्रमाजितले समान दुईदुई विकेट लिए। त्यस्तै, क्लाटन फ्योड र आर्यन दत्तले पनि समान एकएक विकेट गिराएका थिए।

प्रकाशित: २०८० असार ९ गते शनिवार ०६:३१
प्रतिक्रिया

थप समाचार

अपराजित थाइल्यान्डलाई हराउँदै पहिलो जितको खोजीमा नेपाल

काठमाडौँ - त्रिदेशीय महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा आज मंगलबार नेपालले शीर्षस्थानमा रहेको थाइल्याण्डको सामना गर्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो...

तिलक वर्माले नटआउट ७२ रन बनाएपछि भारतसँग इंग्ल्याण्ड फेरि पराजित

काठमाडौँ - तिलक वर्माले नटआउट ७२ रन बनाएपछि भारतले इंग्ल्याइण्डविरुद्ध पाँच खेलको टी-२० श्रृंखलाअन्तर्गत दोस्रो खेलमा पनि जित निकालेको छ। हिजो राति भएको खेलमा भारतले इंग्ल्याण्डलाई २ विकेटले...

भिड्दै भारत र इंग्ल्याण्डबीच दोस्रो खेलः रिंकु आउट, दुवे र रमनदीप समावेश

एजेन्सी - भारत र इंग्ल्याण्डबीचको ५ वटा टी–२० म्याचको सिरिजको दोस्रो खेल आज चेन्नईको एमए चिदम्बरम स्टेडियममा हुँदैछ। यो खेल भारतीय समयअनुसार साँझ ७ बजे सुरु हुनेछ। टस साँझ ६ः३० बजे हुनेछ। सिरिजको...

पाँच वटा पिचसहित क्रिकेट मैदान निर्माण हुँदै

मनहरी (हेटौँडा) - यहाँको हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरिटार रङ्गशालाभित्र रु ११ करोड ७४ लाखमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण भइरहेको छ । अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा छ हजार...

१७ वर्षीय आयुषले ११७ बलमा १८१ रन बनाउँदै बनाए विश्व कीर्तिमान

एजेन्सी - मुम्बईका १७ वर्षीय क्रिकेटर आयुष म्हात्रेले मंगलबार नागाल्याण्डविरुद्धको विजय हजारे ट्रफीको खेलमा ११७ बलमा १८१ रनको उत्कृष्ट इनिङ खेल्दै विश्व रेकर्ड बनाएका छन्। उनले लिस्ट ए क्रिकेटमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना