२०८३ कार्तिक १३ गते बिहिबार

इमर्जिङ टिम्स एसिया कपमा नेपालको सान्त्वना जित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ३
nepali cricket won uae a
फाइल तस्बिर

काठमाडौं – एसीसी इमर्जिङ टिम्स एसिया कपको समूह चरणबाटै बाहिरिएको नेपालले अन्तिम खेलमा युएई ए माथि सन्त्वना जित निकालेको छ। श्रीलंकाको राजधानी कोलम्बोस्थित पि सारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको युएई लाई तीन विकेटले ‍हराउँदै नेपालले जित निकालेको हो।

नेपालका ओपनिङ ब्याटर कुशल भुर्तेलले सानदार खेल प्रस्तुत गरेपछि नेपालले सहज जित निकाल्यो। पहिले फिल्डिङ गरेको नेपालका लागि कुशलले ६ विकेट लिएसँगै निर्धारित ५० ओभर नखेल्दै युएईलाई आलआउट गराएको थियो। ४४ ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर युएईको ए टिमले १५७ रन बनाएपछि नेपालले १५८ रन को लक्ष्य पाएको थियो। जवाफमा २३ ओभर खेल्दै सात विकेट गुमाएर १५९ रन बनाएपछि तीन विकेटको जित निकालेको हो।

बलिङमा कन्सिस्टेन्ट प्रदर्शन गरेको नेपालका कुशल भुर्तेलले ६ विकेट गिराउँदा मौसम ढकालले दुई विकेट लिए। त्यस्तै, कुशल मल्लले एक र पवन सर्राफले पनि एक विकेट लिए।

नेपालविरुद्ध लभप्रित बजवाले ५२ रन बनाए भने १४ रन बनाएर अर्का ओपनर आर्यन्स शर्मा पनि आउट भए।

तेस्रो नम्बरमा मैदान पसेका अन्स टन्डनले तीन रन बनाएर आउट भए। इथन कार्ल डिसुजाले १८ रन बनाए भने अशवन्थ थापाले १६ रनको योगदान दिए। खेलमा जस जियानीले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

जवाफमा ओपनर अर्जुन साउँद गोल्डेन डगआउट भए। उनी पहिलो बलमा नै आउट भएपछि नेपालले रन बनाउन नसक्दै पहिलो विकेट गुमाएको छ।

युएई ए ले दिएको १५८ रनको लक्ष्य पछ्याउने क्रममा अर्जुन साउँद आउट भएपछि नेपाली टिमको ब्याटिङमा देव खनाल आएका थिए। देवले कुशलसँगै ९८ रनको साझदारी गरे। त्यसक्रममा कुशल ७१ रन बनाएर आउट भए। कुशल ४३ बलमै सो रन जोडेर आउट भएका हुन्। नौ चौका र छ छक्का प्रहार गरेर कुशल आउट भएका थिए।

त्यसलगत्तै देव खनाल २४ रन बनाएर आउट भए। यिदुवै खेलाडीलाई युएईका मोहम्मद फराजुदिनले एकै ओभरमा आउट गराएका थिए।

१५ औं ओभर चलिरहेको समयमा नेपालले तीन विकेट गुमाएर १०३ रन बनाएको थियो। पछि फाराजुद्दिनले सन्दिप जोरा र गुल्सन झालाई पनि आउट गराएका थिए। छ ओभर बलिङ गरेका उनले २८ रन खर्चिएर चार विकेट गिराएका हुन्। त्यसैगरी मोहम्मद जवादुल्लाहले पनि दुई विकेट गिराएका थिए।

नेपालले यसअघिका दुवै खेलमा हार बेहोरेको थियो। समूह बीमा रहेको नेपालको समूहमा भारत ए र पाकिस्तान एसमेत थिए। नेपालले पाकिस्तानसँग चार विकेटको हार बेहोरेको थियो भने भारतले नेपाललाई ९ विकेटले हराएको थियो। सुरुका दुई खेलमा हार बेहोरेपछि नेपाल प्रतियोगितबाटै बाहिरिएको थियो।

प्रकाशित: २०८० साउन ३ गते बुधबार ०३:५३
प्रतिक्रिया

थप समाचार

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

मोइन अलीको अर्धशतकसहित काठमाडौँविरुद्ध जनकपुरको सहज जित

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो। जितका लागि पाएको...

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना