काठमाडौँ- मिटरब्याज पीडितहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्। पीडितहरूले रत्नपार्कदेखि नयाँ बानेश्वरसम्म मार्चपास गर्दै प्रदर्शन गरेका हुन्।
लामो सयमदेखि आन्दोलनरत पीडितहरूले आफूहरूको समस्या समाधान गर्ने विषयलाई चासो नदिएको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेका हुन्।
मिटरब्याज ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले साउन २ देखि ४ सम्म संसद भवन घेराउ गर्ने कार्यक्रम तय गरेको छ। सोही अनुसार विरोध प्रदर्शन गरिएको पीडितको भनाइ छ।















