२०८३ कार्तिक ११ गते मङ्गलबार

कसरी मापन गरिन्छ खुसी?

 |  बीबीसी
Sanket

बीबीसी

काठमाडौँ, चैत १०
happiness

संसारको सबैभन्दा खुसी देश कुन होला? यसको उत्तर धेरैले भन्न सक्छन्- फिनल्यान्ड।

फिनल्यान्ड कसरी सबैभन्दा बढी खुसी देश बन्यो त? कुनै देशको खुसी कसरी नाप्न सकिन्छ? झन् महत्वपूर्ण विषय त खुशीजस्ता अनुभव गरिने भावलाई कसरी नाप्न सकिन्छ? त्यो पनि पूरै देशको अनुभुति!

हरेक वर्ष २० मार्चमा विश्वभर ‘विश्व खुसी दिवस’ मनाउने गरिन्छ। यही दिन संयुक्त राष्ट्र संघले कुन देशका मानिस कति खुसी छन् भनेर ‘र्‍याङकिङ’ गर्दै प्रतिवेदन सार्वजनिक गर्दै आएको छ। राष्ट्रसंघले विगत १० वर्षदेखि यो काम गर्दै आएको छ।

‘वर्ल्ड ह्याप्पिनेस रिपोर्ट’मा संयुक्त राष्ट्रसंघीय दिगो विकास समाधान सञ्जाल (सस्टेनेबल डेभलपमेन्ट सोल्युसन नेटवर्क)ले जारी गर्दछ। रिपोर्टमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचकका आधारमा देशहरुको खुसी मापन गर्ने गरिएको छ। ह्यापिनेस इन्डेक्स (खुसी सूचक) मा शून्यदेखि १० सम्मको स्केल राखिएको छ। त्यसकै आधारमा देशहरूको खुशीपन मापन गरिन्छ।

फिनल्यान्ड ७.८ अंकका साथ लगातार छैटौँ वर्षसम्म शीर्ष स्थानमा छ। डेनमार्क र आइसल्यान्ड दोस्रो र तेस्रो स्थानमा छन्। शीर्ष १० को सूचीमा इजराइल, नेदरल्यान्ड, स्विडेन, नर्वे, स्विट्जरल्यान्ड, लक्जमबर्ग र न्युजरल्यान्डजस्ता देश छन्।

खुसी सूचकको सूचीमा तल रहने देशहरूमा लेबनान, जिम्बावे, डेमोक्रेटिक रिपब्लिक अफ कंगोजस्ता देश छन्।

यो वर्ष भारत १२५औँ स्थानमा छ। यद्यपि, अहिले भारतको स्थानमा सुधार भएको छ। भारत खुसी सूचकमा नेपाल, चीन र बंगलादेश जस्ता छिमेकी देशभन्दा तल छ। युद्ध लडिरहेका रुस र युक्रेन पनि यस सूचीमा भारतभन्दा अगाडि छन्। रुस ७०औँ स्थानमा र युक्रेन ९२औँ स्थानमा छ।

यो तय कसरी हुन्छ त?
सर्वेक्षण गरी प्रशोधित तथ्यांकका आधारमा कुनै पनि देशको खुशीको अंक तय हुने गर्दछ। यो सर्वेक्षण ग्यालप वर्ड पोलिंग एजेन्सीले गराउँछ।

यसमा हरेक देशबाट एक हजारदेखि तीन हजारसम्म मानिसको छनोट गरिन्छ। ती मानिसलाई विभिन्न प्रश्नावली सोधिन्छ। उनीहरूले दिएको उत्तरको आधारमा तथ्यांक तयार पारी उक्त देशको अंक निकालिन्छ।

उत्तरकर्ताले ० देखि १० को स्केलमा र्‍याङकिङ गरी ती प्रश्नको उत्तर दिनुपर्छ। शून्यको मतलब सबैभन्दा खराब र १० को मतलब सबैभन्दा राम्रो भन्ने मानेर उत्तर दिनुपर्छ।

यस्ता प्रश्न चाहिँ विभिन्न ६ किसिमका तथ्यमा आधारित हुने गरेका छन्। प्रश्नमा जीडीपी, उदारता, सामाजिक सहायता, स्वतन्त्रता र भ्रष्टाचारजस्ता विषयलाई आधार मानेर गरिएको हुन्छ।

कस्ता हुन्छन् प्रश्न?
अनुभवजन्य विषयमा आधारित भएर प्रश्न सोध्ने गरिएको छ। जस्तै:- तपाई आपतमा परेको बेलामा नातेदार वा साथीभाइले मद्दत गरेका छन्? यो प्रश्नको उत्तर छ वा छैनमा दिन भनिएको हुँदैन। उत्तरलाई ० दखि १० सम्मको स्केलमा र्‍यांकिङ गर्नुपर्ने हुन्छ। उत्तरदाताले परिवार वा साथीभाइबाट कुनै पनि सहयोग नपाएको अनुभव गरेको रहेछ भने शून्य अंक दिन्छ। तर यदि उसले पर्याप्त सहयोग पाएको अनुभव गरेको भए १० अंकसम्म दिन सक्छ।

वा अर्को प्रश्न यस्तो हुन सक्छ:- परिवार र साथीले मद्दत गर्नमा कत्तिको भरोसा गर्नहुन्छ? यसको उत्तरमा १० को मतलव उहाँहरुप्रति १०० प्रतिशत भरोसा गर्नहुन्छ भन्ने हुन्छ।

जीवनमा राम्रा लागेका कुराहरु छान्ने जस्ता कुराहरु पनि खुशीभित्र पर्दछ। जस्तै करियर, धर्म मान्ने स्वतन्त्रता, मीठो खाना खाने, राम्रो कपडा लगाउन चुनावको स्वतन्त्रता। यसकारण एउटा प्रश्न यो पनि सोधियो:- तपाई आफ्नो जिन्दगीमा कुनै पनि कुरा छान्नको स्वतन्त्रतामा कति खुसी हुनुहुन्छ? यसलाई पनि ० देखि १० सम्मको र्‍यायाङकिङ दिन सकिन्छ।

अर्को प्रश्न सोधिन्छ:- एक महिनामा के तपाईले कुनै संस्थालाई आर्थिक सहयोग गर्नुभएको छ? खुसी र सन्तुष्ट मानिस अरुको मद्दत गर्न अग्रसर हुने विश्वास गरिन्छ। यही कारण यस्तो प्रश्न सर्वेक्षणमा सोध्ने गरिएको हो।

एक महिनामा के तपाईले कुनै संस्थालाई आर्थिक सहयोग गर्नुभएको छ? खुसी र सन्तुष्ट मानिस अरुको मद्दत गर्न अग्रसर हुने विश्वास गरिन्छ। यही कारण यस्तो प्रश्न सर्वेक्षणमा सोध्ने गरिएको हो।

भ्रष्टाचारसँग जोडिने प्रश्नहरु सर्वेक्षणमा समावेश हुन्छन्। जस्तैः व्यापारमा कति भ्रष्टाचार हुन्छ? देशमा भ्रष्टाचार नहुनु भनेको खुशीयाली दर्शाउनु हो भन्ने विश्वास छ।
यस्ता धेरै प्रश्नहरु सोधेर यस सर्वेबाट निकालिएका तथ्यांकका आधारमा कुनै पनि देशलाई खुसी सूचक अंक दिने गरिन्छ।

खुसी सूचकको उद्देश्य के हो?
जुलाई २०११ मा संयुक्त राष्ट्रले ‘ह्यापिनेस: टुवार्ड अ होलिस्टिक अप्रोच टु डेभलपमेन्ट’ नामको एक प्रस्ताव पारित गरेको थियो। संघले सबै सरकारहरुलाई सामाजिक र आर्थिक विकासको साथसाथै मानिसको खुसी र भलाइलाई पनि महत्व दिन सुझाएको थियो।

अप्रिल २०१२ मा भुटान सरकारले विश्वभरका प्रतिनिधिलाई बैठकमा बोलाए मानिसको खुशीलाई पनि आर्थिक सूचककै रूपमा लिइनुपर्छ भन्ने विषयमा चर्चा भएको थियो। यसका लागि आयोग बनाउन सिफारिस गरियो।

भूटानका प्रधानमन्त्री जिग्मे थिनलेले आयोगको सह-स्वामित्व लिन र आपसी सहयोगमा काम गर्न यूएनका महासचिवसँग प्रस्ताव गरेका थिए। प्रधानमन्त्री थिनले र अर्थशास्त्री जेफ़री डी स्याक्सको अध्यक्षतामा विश्व खुसी दिवसको पहिलो प्रतिवेदन सार्वजनिक गरिएको थियो। यसपछि हरवर्ष यो रिपोर्ट जारी भइरहेको छ। यसले गर्ने र्‍याङकिङ चर्चाको विषय बनिरहेको छ।

(बीबीसी हिन्दीमा प्रकाशित यो सामग्री राम चौलागाईंले भावानुवाद गरेका हुन्।)

प्रकाशित: २०७९ चैत १० गते शुक्रबार ०६:५६
Sanket

बीबीसी

बेलायतको लन्डनमा मुख्यालय भएको बीबीसीले विभिन्न भाषामा समाचार उत्पादन, प्रकाशन तथा प्रसारण गर्दै आएको छ।
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना