काठमाडौँ- नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पार्टीमा सभापति र महामन्त्रीहरूबीच द्वन्द्व बढाउने प्रयत्न भइरहेको बताएका छन्। केन्द्रीय समिति बैठकमा नेता केसीले यस्तो बताएका हुन्।
‘सभापति र महामन्त्रीको द्वन्द्व बढाउने काम भयो,’ उनले भने, ‘सभापति एउटा क्याम्प र महामन्त्री एउटा क्याम्पमा भएजसरी हामीले बहस गर्यो। हाम्रो एजेन्डा यही हो? यो बैठकको सन्देश राम्रो गएको छैन।’
उनले कांग्रेसमा विचार कमजोर भएको पनि टिप्पणी गरेका थिए। गठबन्धन र पार्टी दुवै बचाउनु पर्ने धारणा राखेका उनले कांग्रेसका लागि असहज परिस्थितिमा सिर्जना भएको बताए। पार्टीको संगठन कमजोर भएको उनको भनाइ थियो।


