काठमाडौँ- स्वास्थ्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेतले पैसा नभएका कारण कोही पनि नगर्ने जिकिर गरेका छन्। त्यसका लागि आफूले जिम्मा लिने घोषणासमेत गरेका हुन्।
‘पैसा नभएका कारणले गरिब विपन्न मान्छे मर्दैन। म जिम्मा लिन्छु,’ कांग्रेस केन्द्रीय समिति बैठकमा उनको घोषणा थियो, ‘नेपालको संविधानमा स्वास्थ्यको कुरा मौलिक हक हो। तर त्यसो हुन सकेको थिएन।’
अस्पतालले १० प्रतिशत बेड निःशुल्क गर्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गरिएको उनको भनाइ छ। ‘२२ जिल्लामा विपन्नको कार्ड देखाएपछि निशुल्क हुन्छ। र बाँकीको हकमा वडाको सिफारिस हुन्छ। संघीय अस्पताल १६ वटा छन्,’ उनले भने, ‘संघीय अस्पतालमा ३ हजार ५ सय ३२ बेड निःशुल्क गराएका छौं। हजारौँ विरामीले उपचार पाउँछन्। यो लागु भइसकेको छ। वीर अस्पतालमा ८ बजेदेखि क्लिनिक चलाइएको छ। यो अस्पतालमा यो सेवा चलेको छ।’
भौतिक र अनलाइन माध्यमबाट ओपिडी टिकट पाउने व्यवस्था गरिएको उनको भनाइ थियो। वीर अस्पतालमा विभिन्न विशेषज्ञहरुको टिम राखेर भीआईपी र भीभीआईपी गरी ५ वटा क्याबिन बनाइएको उनले जानकारी दिए। ‘भोलिदेखि लागू हुनेछ। यहाँ उपचार सम्भव नभए त्यो टिमले सिफारिस गरेपछि मात्रै बाहिर जान पाइन्छ। नत्र निजी खर्चमा उपचार गर्नुपर्छ,’ उनले भने, ‘एक जना डाक्टरसाब ट्रमा सेन्टरमा चाहिने रे नभए झुन्डिएर मर्छु भन्नुभएछ सचिवहरुसँग भन्नुभएछ। झुन्डिएर मर्ने भए मसँग आउ हुन्छ भनेको हुँ। अहिले चिठी बोकेर उहाँ भ्याली बाहिर जानुभएको छ।’


