काठमाडौँ- सरकारले २६ सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मन्त्रिपरिषद्को बैकले सहसचिवको सरुवा गर्न निर्णय गरेको हो।
राष्ट्रिय किताबखाना (निजामती)का महानिर्देशक (डीजी) टोकराज पाण्डेयलाई अर्थ मन्त्रालय सरुवा गरिएको छ। यातायात व्यवस्था विभागका डीजी नारायणप्रसाद भट्टराईलाई गृह मन्त्रालय तानिउको छ। ललितपुर महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश अर्याललाई पनि गृहमा नै तानिएको छ।
ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव सुनिल पौडेल भौतिक पूर्वाधार विकास मन्त्रालय लुम्बिनी प्रदेशमा सरुवा भएका छन्।
यस्तो छ सूची



