काठमाडौं–आइतबार बेलुकीको ठूलो वर्षापछिको बाढीले बगाउँदा काठमाडौंको रानीबारीमा एक बालक बेपत्ता भएका छन्। सामाखुसी खोलामा बाढी आउँदा बालकलाई बगाएको हो ।
खेल्ने क्रममा बाढी आउँदा बालकलाई बगाएको प्रहरीले जनाएको छ। बगाएका बालकको पहिचान प्रस्ट भइसकेको छैन। स्थानीय १३ वर्षीय साजन मगर पनि हराइरहेकाले उनलाई बगाएको आशंका गरिएको छ। तर, बाढीले बगाएका व्यक्तिको पहिचान यकिन हुन नसकेको प्रहरीवृत्त महाराजगञ्जका डिएसपी अंगुर जिसीले बताए ।
बेलुका अबेरसम्म विपद् व्यवस्थापन महाशाखाका तालिमप्राप्त प्रहरीसहितको टोलीले खोजी गरे पनि बालक भेटिएका छैनन्।


