२०८३ कार्तिक १६ गते आईतबार

नवप्रवर्तनसम्बन्धी कानुन छिट्टै संसद्‍मा जान्छ : कार्यवाहक प्रधानमन्त्री खड्का

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ९
purna

काठमाडौँ- कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कामलाई एकीकृत रुपमा सञ्चालन गर्न आवश्यक कानून छिट्टै ससंसदमा लैजान तयारीमा रहेको बताएका छन्।

भीमसेन थापाको २४९औं जन्मजयन्तीका अवसरमा भीमसेन थापा स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै रक्षामन्त्रीसमेत रहेका कार्यवाहक प्रधानमन्त्री खड्काले यस्तो बताएका हुन्।

देशको प्रतिभालाई बाहिर जान नदिने उद्देश्यप्रति सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो। कार्यक्रममा यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार महावीर पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको थियो। एक लाख रुपैयाँ राशिको उक्त पुरस्कार कार्यवाहक प्रधानमन्त्री खड्काले केन्द्रका संस्थापक महावीर पुनलाई हस्तान्तरण गरे। यसअघि महावीर पुनसँग भएको सहमति कार्यान्वयनमा सरकार पूर्ण रूपमा प्रतिबद्ध भएको पनि उनको भनाइ  छ।

खड्काले भीमसेन थापा राष्ट्रभक्त, देशभक्त हुनुका साथै प्रेरणाका स्रोत भएको बताएका थिए। ‘थापाको शासनकालमा सेना, कानुन, सामाजिक, आर्थिक पक्षमा अनुकरणीय सुधारका अभियान चलाइएको थियो। सैनिक सेवालाई आधुनिकिरण गर्नुभएको कार्य हाम्राका लागि प्रेरणाको स्रोत बनेको छ। उहाँले सुधारका अभियान थालनी गरेर मुलुकलाई ठूलो गुन लगाउनुभएको थियो,’ उनले भने।

तत्कालीन सामाजिक रुपान्तरणका लागि थापाले कमाराकमारी राख्न नपाउने व्यवस्थालाई स्थापित गर्नुभएको, समाजिक चाडपर्वमा खर्चको सीमा तोक्ने काम गर्नुभएको, नापतौल व्यवस्थापन, ब्याजदर निर्धारण, हुलाकको व्यवथापन गरेको उनले स्मरण गरे।

भीमसेन थापाले धरहरा, सुन्धारा, बागदरबार, टेकु पुल, थापाथली पुललगायत भौतिक र ऐतिहासिक संरचना निर्माण सम्पन्न भएको उल्लेख गर्दै उहाँले समाज सुधार र विकास प्रेमी कामबाट आफूहरु प्रेरित भएको सुनाए।

प्रकाशित: २०८० साउन ९ गते मङ्गलबार ०८:३०
प्रतिक्रिया

थप समाचार

ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना