काठमाडौं – अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला फुटबल विश्वकपको बुधबार विहान सम्पन्न खेलमा कोस्टारिकालाई २–० ले हराउँदै एसियाली टोली जापान अन्तिम १६ को नजिक पुगेको छ।
समूह सीको दोस्रो चरणको पहिलो खेलमा जापानाले जित निकालेको हो। यसअघि जाम्बियालाई ५–० ले स्तब्ध बनाएको जापानले पछिल्लो जितसँगै समूहमा ६ अंक बनाएको हो। यदी आजै हुने अर्को खेलमा स्पेनले जाम्बियाविरुद्ध जित निकालेको अवस्थामा जापान अन्तिम १६ मा पुग्ने पहिलो टिम बन्नेछ। यसअघि समूह ए को खेलबाछट अझैसम्म अन्तिम १६ मा पुग्ने टिमको टुंगो लागेको छैन।
३२ टिमलाई आठ समूहमा बाँडिएको विश्वकपबाट सबै समूहबाट समान २–२ टिम नकआउट चरणमा पुग्नेछन्।
आज जापानलाई जित दिलाउनका लागि हिकारु नाआमातो र ओबा फुजिनोले गोल गरेका थिए। उनीहरुले पहिलो हाफकै तीन मिनेटको अन्तिरमा नै दुई गोल गरेका थिए। त्यही अग्रतालाई जोगाउँदै जापानले जित निकालेको हो।
यही समूहको अर्को खेलमा अहिले स्पने र जाम्बियाले खेलिरहेका छन्।


