काठमाडौं – फिफा महिला विश्वकप फुटबलमा स्पेन र जापानले नकआउट चरणमा स्थान बनाएका छन्। समूह सी को बुधबार सम्पन्न भएको खेलमा जित निकाल्दै यि टिमले विश्वकपको अन्तिम १६ मा स्थान बनाएका हुन्।
यि दुई टिम अघिल्लो चरणमा प्रवेश गरेसँगै बाँकी दुई टिम कोस्टारिका र जिम्बाबे भने समूह चरणबाटै बाहिरिएका छन्। प्रि–क्वार्टरफाइनल पुग्ने क्रममा एसियाली देश जापानले कोस्टारिका र स्पेनले जिम्बाबेलाई पराजित गरेको थियो।
आजै भएको पहिलो खेलमा कोस्टारिकालाई २–० ले हराउँदै एसियाली टोली जापान अघिल्लो चरणमा पुगेको हो। समूह सीको दोस्रो चरणको पहिलो खेलमा जापानाले जित निकालेको हो। यसअघि जाम्बियालाई ५–० ले स्तब्ध बनाएको जापानले पछिल्लो जितसँगै समूहमा ६ अंक बनाएको थियो।
जापानलाई जित दिलाउनका लागि हिकारु नाआमातो र ओबा फुजिनोले गोल गरेका थिए। उनीहरुले पहिलो हाफकै तीन मिनेटको अन्तिरमा नै दुई गोल गरेका थिए। त्यही अग्रतालाई जोगाउँदै जापानले जित निकालेको हो।
त्यस्तै, अर्को खेलमा स्पेनले खेलको नवौं मिनेटमा टेरेसा अबेलेइराको गोलमा अग्रता बनाएको थियो। जेनिफर हर्मोसोले १३ औं मिनेटमा हेड प्रहारमार्फत् स्पेनको अग्रतालाई दोब्बर बनाएकी थिईन्। ६९ औं मिनेटमा अल्बा रेडोन्डाले तेस्रो गोल गरिन्।
लगत्तै हर्मोसोले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ४–० ले अघि बढाईन्। खेल सकिन ५ मिनेट अघि रेडोन्डाले ब्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ५–० को शानदार जित दिलाईन् ।


