काठमाडौँ– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
विशेष अदालतमा अख्तियारले विष्टका साथै इन्जिनियर सन्तोष पाण्डेय, नगरपालिकाका तत्कालीन इन्जिनियर राजेन्द्र सिंह धामी, नगरपालिकाका सब-इन्जिनियर दिपक सिंह बिष्ट, शैल्यशिखर नगरपालिका पनेबाज बन्तोली बगौरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनक राज जोशी र सचिव धनन्जय जोशी तथा कोषाध्यक्ष जानकी बडू जोशीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टले पनेबाज-बन्तोली-बगौरा सडक खन्ने काममा अस्वाभाविक रुपमा बढी मूल्यांकन देखाएर भ्रष्टाचार गरेको आरोप छ। उनीविरूद्ध २६, लाख २ हजार ५५६ रुपैयाँ बिगो माग दाबी गरेको छ। यस्तै नगरपालिकाका इन्जिनियर सन्तोष पाण्डेयले ११ लाख ३० हजार २७२ रुपैयाँ बिगो मादाबी गरेको छ।
राजेन्द्र सिंहविरूद्ध १४ लाख ७१ हजार २८३ रुपैयाँ विगो माग दाबी गरेको छ। सब-इन्जिनियर दीपकसिंह विष्टविरूद्ध २६ लाख २ हजार ५५६ रुपैयाँ बिगोमागदाबी गर्दै मुद्दा दायर गरिएको छ।
सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनकराज जोशी र सचिव धनन्जय जोशी तथा कोषाध्यक्ष जानकी बडू जोशीविरूद्ध २६ लाख २ हजार ५५६ बिगो मागदाबी गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


