काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागमा कार्यरत कर्मचारीलाई दृढताका साथ काम गर्न निर्देशन दिएका छन्। आज विमानस्थल र भन्सार अनुगमनपछि मन्त्री डा. महतले आगामी दिनमा कुनै पनि बाहानामा वा कुनै पनि तबरबाट गैरकानुनी काम हुन नदिने प्रयासका लागि जिम्मेवार हुन आग्रह गरेका हुन्।
‘अपराध र तस्कारी गर्ने मनसाय भएका व्यक्तिले नयाँ–नयाँ प्रविधिको प्रयोग गरिरहेका हुन्छन्, हामीले पनि हाम्रो प्रविधि समय सापेक्षा अपग्रेड गर्नुपर्ने हुन्छ,’ उनले भने। सो अवसरमा मन्त्री महतको टोलीले विमानस्थलमा भन्सार प्रक्रिया पूरा गरी सामान आउँदै गर्दा केकस्ता प्रक्रिया पूरा गर्नुपर्छ र प्राविधिकरुपमा के कस्ता समस्या छन् भन्ने विषयमा जानकारी लिएका थियो।
‘अराइभलदेखि डिपार्चर र कार्गो क्षेत्र सबैमा अनुगमन भयो, काम कसरी भइरहेको छ भन्ने हेरिएको छ,’ उनले भने, “सम्बन्धित निकायको समन्वयकारी भूमिका भएमा खण्डमा सुन तस्करी जस्ता गैरकानुनी गतिविधि अन्त्य गर्न सकिन्छ। भन्सारका सबैतिर अवलोकन ग-यौं, कसरी चलेको छ, सिस्टमका बारेमा बुझ्यौं। अन्तर्राष्ट्रिय विमानस्थल भएकाले विभिन्न निकायले काम गरिरहेको छ। यसमा आ–आफ्नो जिम्मेवारी छ।’
अपराध गर्ने, तस्करी गर्ने मनसाय भएका व्यक्तिहरुले नयाँ नयाँ प्रयोग गरिरहेका हुन्छन्। त्यसकारण हामीले पनि प्रविधिलाई त्यहीअनुरुप अपग्रेट हुनुपर्ने मन्त्री डा. महतको भनाइ थियो।
सुन तस्करीको घटनामा पनि सुचनाकै आधारमा पक्राउ परेको बताउँदै मन्त्री महतले भने, ‘सबैको भूमिका यसमा महत्वपूर्ण हुन्छ, एउटैको मात्र भूमिकाले राम्रो नतिजा आउँदैन। नेतृत्वमा नयाँ साथीहरु आउनु भएको छ, उहाँहरुलाई चाहिने प्रविधि अपग्रेट गर्नका लागि अर्थ मन्त्रालय पूरा सहयोग गर्न चाहन्छ।’


