काठमाडौँ- नेपाल राष्ट्र बैंकले आधारदर (बेसरेट)भन्दा कममा पनि कर्जा दिन पाउने व्यवस्था गरेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिपछि जारी सर्कुलरमा राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो।
नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले सञ्चालन गर्ने कार्यक्रम वा दातृ निकायबाट प्राप्त सहुलियत दरको साहयता तथा अनुदान रकमलाई बैंक तथा वित्तीय संस्थामार्फत तोकिएको क्षेत्र एवं वर्गमा ऋण प्रवाह गर्ने कार्यक्रम अन्तर्गतको कर्जा औषत आधारदरभन्दा कम ब्याजदरमा प्रवाह गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
यस बाहेक कर्जामा भने बैंक तथा वित्तीय संस्थाले वेसरेट भन्दा कममा कर्जा प्रवाह गर्न पाउने छैनन्। बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा तीन महिनाको औषत आधारभन्दा कम ब्याजदर कायम गर्न नपाउने व्यवस्था गरेको छ।
जारी सर्कुलरमा बैंक तथा वित्तीय संस्थाले आधार दरमा २ प्रतिशत बिन्दुसम्म मात्रै प्रिमियम दर तोक्न पाउने व्यवस्था गरेको छ।


