काठमाडौँ- घरजग्गा हडपेर पटकपटक बलात्कार गरेको आरोपमा मिटरब्याजी पक्राउ परेका छन्।
उपचारका लागि ५ लाख रुपैयाँ ऋण लिएको र त्यो रकम तिर्न नसक्दा बलात्कार गरी घरजग्गा हडपेको आरोपमा ललितपुर ठेचोका सुर्जमान मालीलाई पक्राउ गरेको हो। मालीलाई शुक्रबार साँझ पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो।
पीडितले २०७५ सालमा श्रीमान बिरामी हुँदा उपचारका लागि सुर्जमानबाट ५ लाख लिएकी थिइन्। मालीले र उनका साथीले समेत पीडितलाई पटकपटक बलात्कार गरेको र केही पटक सामूहिक बलात्कार समेत गरेको आरोप छ।
घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको थियो।


