काठमाडौँ- काठमाडौँ उपत्यका आसपासका क्षेत्रमा लगाइएको धानबालीले अहिले खेत ढाकेको भएको छ। किसानहरुलाई यतिबेला धान गोड्ने चटारो छ।
ललितपुरको खोकनाका जेठको अन्त्य र असारको पहिलो सातातिर रोपिएको धान यतिबेला गोड्ने बेला भएको छ। गोडमेल गर्न र मल हाल्नको लागि किसान खेतमा व्यस्त छन्।
स्थानीय बिहानको समय र दिउँसो घाम ढल्किन थालेपछि गोडमेलमा निस्किन्छन्। भर्खरै रोपेको धानलाई झारले बाधा नगरोस् भनेर हटाउने गरिन्छन्। हरिया फाँटमा सुस्केरा निकाल्दै र गफिँदै किसान गोडमेलमा लागेका छन्।
















