काठमाडौँ- सरकारबाट भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीले आन्दोलनका गतिविधि बढाएका छन्।सोमबार मात्र प्रधानमन्त्री निवास र संसद भवन परिसरमा हेल्मेट धर्ना दिएका उनीहरुले मंगलबार डोजर धर्ना दिएका हुन्।
सरकारले आफूहरुले पाउनपर्ने ठूलो रकम रोकेर राखेको उनीहरूको आरोप छ। व्यवसायीले मङ्गलवार बालुवाटार अगाडि, सेफ्टी हेल्मेट, डोजरसहित एक घण्टा धर्ना कार्यक्रम गरे। बालुवाटार छिर्ने बाटो अगाडि उनीहरुूले धर्ना दिएका हुन्।
‘सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर’, ‘सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर’, ‘जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर’, ‘उपभोक्ता समितिबाट हुने निर्माण कार्य खारेज गर’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।










