२०८३ कार्तिक १३ गते बिहिबार

मातृ मृत्यु घटाउन सबैको सहयोग अपरिहार्यः मुख्यसचिव अर्याल

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, साउन १८
baikuntha_aryal

काठमाडौं– मातृ मृत्यु घटाउन स्वास्थ्य क्षेत्रको पहलले मात्र नभएर सबैको सहयोग आवश्यक रहेको सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले बताएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको ‘नेपालमा मातृ मृत्युदरको अवस्था र सरोकारवालाको भूमिका विषय उच्चस्तरीय नीति संवाद’मा उनले सबैको सहयोगले मातृ मृत्यु घटाउन सकिने बताएका हुन्।

मुख्यसचिव अर्यालले विगतको तुलनामा मातृ मृत्युदर निकै राम्रो उपलब्धि हासिल भए पनि सन् २०३० सम्म प्रतिलाख ७० जनामा पुर्याउन क्षेत्रगत रुपमा विशेष पहल गर्नुपर्ने, स्थानीय तहको क्षमता अभिवृद्धि तथा सहयोग गरिनुपर्ने आवश्यकता औंल्याए।

उनले मातृ मृत्यु दर घटाउन स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए। मन्त्रालयले तयार परेको मातृ मृत्यु अध्ययनको मुख्य सार समेटिएको राष्ट्रिय तथा प्रादेशिक तथ्यगत सारको पनि उनले सार्वजनिक गरे।

कार्यक्रममा मन्त्रालयका सचिव डा. रोशन पोखरेलले मातृ मृत्यु घटाउन मन्त्रालयको प्रयास रहने भन्दै सम्बन्धित निकायसँग समन्वय र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा थप प्रयत्नशील रहेने प्रतिबद्धता व्यक्त गरे।मन्त्रालयका अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राले मातृ मृत्यु अध्ययनको औचित्य, उद्देश्य, विधि तथा अध्ययनको मुख्य नतिजामाथि प्रकाश पारे। जसमा नेपालको मातृ मृत्युदर सन् २०२१ मा प्रतिलाख एक सय ५१ जनामा रहेको र दिगो विकास लक्ष्य प्राप्त गर्न सन् २०३० मा प्रतिलाख ७० जनामा झार्नुपर्नेछ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले मातृ मृत्युदर मन्त्रालयले गुणस्तरीय स्वास्थ्यमा ध्यान दिएको बताए। कार्यक्रममा सहभागीले सरकारको १६औँ आवधिक योजना तर्जुमा गर्दा मातृ मृत्युका बृहत् निर्धारकलाई उचित सम्बोधन गर्ने गरी रणनीति तथा कार्यक्रम निर्माण गर्नुपर्ने, राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हवाई एम्बुलेन्स कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगिनुपर्ने, दक्ष जनशक्तिको उचित र शीघ्र व्यवस्थापन गरिनुपर्ने, सेवाको गुणस्तरमा थप पहल गरिनुपर्ने, विकासका सबै पहलमा स्वास्थ्यलाई केन्द्रबिन्दुमा राखिनुपर्ने धारणा राखेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

उनका अनुसार स्थानीय सरकारलाई आवश्यकताका आधारमा निर्दिष्ट सहयोग गर्नुपर्ने, वर्गीकृत तथ्यांकलाई सर्वसुलभ उपलब्ध गराइनुपर्ने, सबै तहमा सरोकारवालाबीच समन्वय गरिनुपर्नेजस्तामा विषयमा उनीहरुले जोड दिए।

विकास साझेदार निकायका प्रतिनिधिले सरकारले स्वास्थ्य क्षेत्र र विशेष गरी मातृमृत्यु घटाउन गरेका पहलको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा राष्ट्रि«य तथ्याङक कार्यालय, राष्ट्रिय योजना आयोग, प्रादेशिक स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका सचिव, विभिन्न मन्त्रालयका उच्च अधिकारीको सहभागी रहेको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए।

प्रकाशित: २०८० साउन १८ गते बिहिबार ०८:४८
प्रतिक्रिया

थप समाचार

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना