२०८३ कार्तिक १७ गते सोमबार

७० अर्ब पुग्यो वाणिज्य बैंकहरूको नाफा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २१
bank

काठमाडौं- नेपालका वाणिज्य बैंकको नाफा ७० अर्ब १ करोड रुपैयाँ पुगेको छ। सम्बन्धित बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकहरूले गत वर्ष ७० अर्ब १ करोड रुपैयाँ नाफा कमाएका हुन्।

अघिल्लो आर्थिक वर्षको तुलनामा अधिकांश वाणिज्य बैंकहरूको खुद नाफा बढेपनि वितरणयोग्य नाफामा भने कमी देखिएको छ। सबैभन्दा धेरै खुद नाफा कमाउने बैंकको सूचीमा नबिल शीर्ष स्थानमा छ भने नबिललाई ग्लोबलले पछ्याएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा ७६.७० प्रतिशतले नाफा बढाएर नबिलले ७ अर्ब ५२ करोड रुपैंयाँ खुद नाफा कमाएको छ।

यस्तै दोस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकले ७ अर्ब २५ करोड रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो आर्थिक वर्ष ४ अर्ब ९५ करोड खुदा नाफा कमाएको बैंकको नाफा ४६.२६ प्रतिशतले बढेको छ।

त्यस्तै तेस्रो स्थानमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक छ। बैंकले गत वर्ष खुद नाफा ४ अर्ब ९१ करोड रुपैयाँ कमाएको छ।

एनआईसी एसिया बैंकले गत आर्थिक वर्ष २०७९/०८० मा ४ अर्ब ६५ करोड १३ लाख ३८ हजार रुपैयाँ खुद नाफा गरेको छ। पाँचौ स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले ४ अर्ब २९ करोड रुपैयाँ नाफा गरेको छ। स्ट्ण्डयार्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष ३ अर्ब ५२ करोड नाफा गरेको छ।

यस्तै एनएमबी बैंकले ३ अर्ब ४१ करोड रुपैंयाँ खुद नाफा आर्जन गरेको छ। नेपाल बैंक लिमिटेडले गत आवमा बैंकले ३ अर्ब ४१ करोड खुद नाफा गरेको छ।
हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्ष ३ अर्ब २६ करोड ६१ लाख खुद नाफा कमाएको छ। आर्थिक वर्ष २०७९/८० मा एभरेष्ट बैंकले ३ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा गरेको छ।

सिद्धार्थ बैंकले गत आर्थिक वर्ष ३ अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेको छ। कृषि विकास बैंकले गत आर्थिक वर्ष करिब ३ अर्ब १० करोड रुपैयाँ खुद नाफा गरेको छ।

सानिमा बैंकले २ अर्ब ६१ करोड रूपैयाँ खुद नाफा कमाएको छ। प्रभु बैंकले खुद नाफा २ अर्ब ८२ करोड रुपैयाँ कमाएको छ।

सिटिजन्स बैंक इन्टरनेशनलले गत वर्ष करिब साढे २ अर्ब रूपैयाँ नाफा गरेको छ। माछापुच्छ्रे बैंकले १ अर्ब ८५ करोड खुद नाफा आर्जन गर्न सफल भएको छ। लक्ष्मी सनराइज बैंक लिमिटेडले २ अर्ब २६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यता प्राइम कर्सियल बैंकले गत आर्थिक वर्ष २ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको छ। कुमारी बैंक लिमिटेडले १ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

प्रकाशित: २०८० साउन २१ गते आईतबार ०५:५९
प्रतिक्रिया

थप समाचार

ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना