काठमाडौँ- अचेल हरेक शुभदिनमा केक काटिन्छ। जन्मदिनका लागि त पर्याय बनिसक्यो केक, नभई नहुने। भौतिक रूपमा नै चाहिने केक खोज्न अब बजार पुग्नैपर्ने बाध्यता भने हटेको छ। ओहो केकले त्यो बाध्यतालाई दूर गरिदिएको छ।
लकडाउनका समय अचानक भर्चुअल दुनियाँमा प्रवेश गरेको बेला खुलेको ओहो केकले अहिले पनि भर्चुअल माध्यमबाट नै बजार विस्तार गरिरहेको छ। अनलाइनबाट नै केकको अर्डर लिएर घरघरमा भौतिक रूपमा नै पुर्याउने सेवा दिएर उपभोक्ताको मन पनि जितिरहेको छ।
अनलाइनमा केक व्यापारका लागि चर्चा बटुलिरहेको ओहो केकले चर्चित राष्ट्रिय क्रिकेट खेलाडी ललित नारायण राजवंशीलाई ब्रान्ड एम्बसडरमा नियुक्त गरेको छ। आगामी दुई वर्षको लागि राजवंशीलाई ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरिएको ओहो केकका सहसंस्थापक दिव्येश गिरीले जानकारी दिए।

राजवंशीसँग साझेदारी गर्न पाएकोमा आफू र आफ्नो ब्राण्डलाई गर्व लागेको उनी बताउँछन्। ‘यो साझेदारीले ओहोको स्वादिष्ट केक र क्रिकेटका समर्थकहरूलाई जोड्ने छ। क्रिकेटमा राजवंशीको ट्यालेन्ट र प्रतिबद्धताले साझेदारीले योहो केक महत्व अझ बढाएको छ,’ उनले भने।
ब्रान्ड एम्बेसडर बनेसँगै राजवंशी योहोका विभिन्न अभियान र सामाजिक सञ्जालबाट प्रवर्द्धन गर्न सहयोग गर्नेछन्। ओहो केकसँग साझेदारी गर्न पाउँदा आफूलाई खुशी लागेको राजवंशीले बताए। भने- ‘युवा उद्यमीहरुले सुरु गरेको यो व्यवसायसँग जोडिन पाउँदा खुशी लागेको छ।’ सन् १९९९ मा विराटनगरमा जन्मिएका राजवंशी सन् २०१८ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन्। उनी अहिले राष्ट्रिय स्तरका चर्चित क्रिकेटर हुन्।
नेपाली समाजमा केक काटेर खुसी मनाउनु आमसंस्कृति झैं हुँदैछ। जन्मोत्सव, वार्षिकोत्सव, कुनै सफलता र यस्तै कुनै खुसीयालीमा केक काट्नु अनिवार्य जस्तै भएको छ। यही हुर्किँदो संस्कृति देखेर उनीहरूले सन् २०२१ जनवरीमा दिव्यश गिरी, सन्तोष पाण्डेको समूहले ‘ओहो केक’ नाम राखेर व्यवसाय सुरू गरेको थियो।
सन्तोषको अफरिङ ह्याप्पिनेसमा ठूलै टिम थियो। लकडाउनपछि सबै बेरोजगार भएका थिए। उनी सबै साथीलाई अघि बढाउन चाहन्थे। सन्तोष र दिव्येशबीच सल्लाह भयो। छलफल गर्दै र बुझ्दै जाँदा उनीहरूले केक व्यवसायमा बलियो सम्भावना देखे। अनि यही काम गर्ने टुंगोमा पुगेका थिए।
जम्माजम्मी एक लाख रूपैयाँ लगानी, एक जना कुक र डेलिभरीमा एक जना सहयोगीबाट सुरु भएको योहो केकले छोटो समयमा नै ४ करोडको व्यापार गर्न थालेको छ। ‘हामी अर्डर छिटो ल्याउन सक्छौं भन्ने थियो। गिफ्टिङमा पाँच वर्ष काम गरेको मेरो अनुभव थियो,’ सन्तोषले भन्छन्, ‘नभन्दै हरेक दिन व्यापार बढ्दै गयो। हाल दैनिक सरदर १५० वटा केक बिक्री हुन्छ।’

गुणस्तर र स्वादसँग तुलनात्मक रूपमा आफूहरूले उत्पादन गरेको केकको मूल्य सस्तो भएको सन्तोष बताउँछन्। ‘देशमै केही गर्छु भनेर विदेशबाट फर्केका युवालाई प्रोत्साहन गर्न प्राथमिकता दिएका छौँ,’ दिव्येश भन्छन्, ‘उनीहरूलाई केक बनाउने तालिम दिएर काममा राखेका हौँ।’
ओहो केकका ग्राहकले आफूले चाहे अनुरुपको केक अनलाइनबाट अर्डर गर्छन्। अर्डर दिने ग्राहकले आफ्नो केक कति बन्यो? बनेर फ्रिजमा राखिएको सूचना, ढुवानीका लागि हिँडेको सूचनालगायतका सबै सूचना अनलाइनमार्फत नै पाउँछन्। ओहो केकले ढुवानी अर्थात् डेलिभरी सर्भिसका लागि पठाओ, भोजलगायतका डेलिभरी सर्भिससँग समन्वय गरेको छ। ‘पठाओ, भोजलगायतका दर्जनभन्दा बढी डेलिभरी सर्भिससँग समन्वय गरेका छौं,’ सन्तोष पाण्डे भन्छन्, ‘अधिकांश अर्डर अनलाइनमार्फत आउँछ। हाम्रो वेबसाइट, हाम्रो सोसियल मिडिया साइटबाट आउँछ। अर्डर लिइसकेपछि केक बनाउँछौँ।’
(ओहो केकको फेसबुक पेजका लागि यहाँ र वेबसाइटका लागि यहाँ क्लिक गर्नुहोस्। फोन ०१-५९११३०६)



