काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारीलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई यस्तो निर्देशन गरेका हुन्।
‘वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको छ। क्षति न्यूनीकरण गर्न र पूर्वतयारीलाई प्रभावकारी बनाउन प्रहरी सचेत रहन जरुरी छ,’ महानिरीक्षक कुँवरलाई प्रधानमन्त्री दाहालले भने, ‘त्यसका लागि तयार भएर बस्नुहोला।’
उद्धार, राहत र पुनर्स्थापनाका लागि सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन थियो।


