काठमाडौं- माओवादी केन्द्रले संघीय मामिलामन्त्रीबाट अमनलाल मोदीलाई फिर्ता बोलाएपछि बिहान १० बजे जनमतकी अनितादेवी साहले मन्त्रीका रूपमा शपथ लिइन्। साहले शीतलनिवासमा शपथ लिएकै समयमा मोदीले भने सिंहदरवारमा पत्रकार सम्मेलन गरेका छन्। बिहान साढे १०:१५ बजेको समयमा यी दुवै काम भएका हुन्।
पार्टीबाट फिर्ता बोलाएपछि मोदीले पनि सोही समयमा मन्त्रालयमा पत्रकार भेटघाटको कार्यक्रम राखेका हुन्। निजामति प्रशासनको नेतृत्व गरेका मोदीले मन्त्रालयको नेतृत्व सम्हालेको करिव आठ महिनामा कर्मचारीहरुबाटै सहयोग नपाएको गुनासो गर्दै आएका थिए।
मोदी २०७९ माघ ३ गते मन्त्रीमा नियुक्त भएका थिए। यसबीचमा उनले प्रशासन क्षेत्रमा सुधार गर्न केही नयाँ निर्णय गरे।
दुर्गमका कर्मचारी सुगम पठाउन, सुगमका कर्मचारी दुर्गम पठाउन, कर्मचारी सुरुवामा सिस्टम बसाउन, निमित्तलाई निमुट्यान्न पार्न, काज फिर्ता गर्न लगायतका विषयमा उनले विभिन्न निर्णय गरेका थिए। तर, उनले गरेका यस्ता महत्वपूर्ण र दुरगामी प्रभाव पार्ने निर्णय कार्यान्वयन भएनन्।


