काठमाडौँ- नेकपा विभाजनपछि एमालेमा सक्रिय रहेका पूर्वमाओवादी नेता मणिचन्द्र थापाले एमालेसँगको सम्पर्क कम गरेका छन्। एमाले नेताहरूसँग सम्पर्क कम गरी जिम्मेवारी पनि नलिएपछि उनलाई पार्टीले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। सोमबार बसेको एमाले सचिवालय बैठकले उनीसँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको हो।
एमालेको नेतृत्वसँग असन्तुष्ट थापालाई पार्टीले मिसन ग्रासरुटमा खटाएको थियो। तर उनी त्यस अभियानमा सहभागी भएनन्। बरु यसै बीचमा उनी प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट बढाउन सक्रिय रहे। उनको यस्तो शैलीसँग एमाले आक्रोशित छ।
माओवादी पृष्ठभूमिबाट राजनीति गरेका नेता थापा नेकपा विभाजनपछि एमालेमा बसेका थिए।
यस्तै गत स्थानीय निर्वाचनमा एमालेका तर्फबाट काठमाडौँ महानगरको उम्मेदवार बनेका केशव स्थापितले पनि पार्टीका जिम्मेवारी पन्साएका छन्। नयाँनयाँ काम गर्नका लागि आफूले एमालेको जिम्मेवारी पन्साएको उनले प्रतिक्रिया दिएका छन्।


