२०८३ कार्तिक १४ गते शुक्रबार

७ महिनापछि गण्डकीले बनायो संसदीय समिति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ३०
gandaki

पोखरा- गण्डकी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको सात महिनापछि संसदीय समिति गठन भएको छ। सभाको मंगलवार बसेको बैठकले गण्डकी प्रदेशसभा नियमावली २०८० को नियम १५३ मा उल्लेखित गण्डकी प्रदेशसभा अन्तर्गतका विषयगत समितिहरु सोही नियमावलीको नियम १५५ बमोजिम रहेर ‘मिनी संसद’ गठन गरेको हो।

विषयगत समितिले संसदको कार्यप्रणालीमा सहयोग पुर्‍याउन र सरकारलाई संसदप्रति उत्तरदायी बनाउनका लागि गठन गर्ने गरिन्छ। अर्थ तथा विकास समिति गणेशमान गुरुङ, दिल्लीराम सुवेदी, पद्मा जिसि श्रेष्ठ, पार्वती तामाङ्ग, पकाश बराल, प्रकाश बहादुर केसी, भोजराज अर्याल, लक्ष्मण बहादुर पाण्डे, विमला गौचन, विन्दु पौडेल, सीता कुमारी सुन्दास र हरी बहादुर भण्डारी रहेका छन्। यो समितिमा पदेन सदस्यका रुपमा जित प्रकाश आले मगर, दिपेन्द्र बहादुर थापा र रेशम जुग्जालीलाई राखिएको छ।

यस्तै सार्वजनिक लेखा समितिमा कल्पना तिवारी, कृष्ण प्रसाद पाठक, खगराज अधिकारी, जित बहादुर शेरचन, डा. टकराज गुरुङ, टिका कुमारी बस्याल, दमयन्ति रुचाल, द्रुणकुमार कुँवर, नन्दकला दमाई नेपाली, निर्मला थापा, पञ्चराम गुरुङ, भिम बहादुर कार्की, सरस्वती गुरुङ, सुधीर कुमार पौडेल र हरीबहादुर चुमान रहेका छन्।

प्रदेश मामिला तथा कानुन समितिमा कुशुम बुढा पुन, गोविन्दबहादुर नेपाली, चम्पादेवी खड्का, देवका पहाडी त्रिपाठी, नन्दप्रसाद न्यौपाने, विकल शेरचन, भेषबहादुर पौडेल, मित्रलाल बस्याल, मुनिन्द्र जंग गुरुङ, यशोदा रिमाल, रेखा गुरुङ र रोशन बहादुर गाहा थापा रहेका छन्। यो समितिको पदेन सदस्यमा सुरेन्द्रराज पाण्डेलाई राखिएको थियो।

प्रदेश सभाले यस अघि गण्डकी प्रदेश नियमावली २०८० पारित गरेको थियो। कार्यकाल सुरु भएको लामो समयसम्म पनि ‘मिनी संसद’ गठन नहुँदा संसदको प्रभावकारितामा प्रश्न उठाउने मन्त्रालयहरुलाई सचेत गराउने काम समेत ठप्प भएका थिए।

प्रकाशित: २०८० साउन ३० गते मङ्गलबार ०४:३१
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना