२०८३ कार्तिक १४ गते शुक्रबार

खुलाइन लागेको हो संसद्?

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, साउन ३२
deuba prachanda oli
२०७९ चैत २५ गते सभामुखको कार्यालय सिंहदरवारमा भेट गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ,नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली। तस्बिर: प्रदीपराज वन्त/रासस

काठमाडौं– ३ साउनमा त्रिभुवन विमानस्थलको भन्सार पास भएर बाहिरिँदै गर्दै राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको अवैध एक क्विन्टल सुन (गालेपछि ६० केजी) लाई लिएर सत्तापक्ष र प्रतिपक्षको अचानो बनेको संघीय संसद् तीन सातादेखि सूचना टाँसेर स्थगित छ।

प्रतिनिधिसभामा मुख्य प्रतिपक्ष एमालेले उच्चस्तरीय छानबिन समिति गठन गरेर अवैध सुन प्रकरण छानबिन गर्नुपर्ने एकसूत्रीय माग राखेर करिब तीन सातादेखि संसद् बैठकका दुवै सदन अवरुद्ध गरिरहेको छ।एमालेले उठाएको उच्चस्तरीय छानबिन समिति गठनको मागलाई सत्तारुढ दलले सीधै अस्वीकारेका छन्। यद्यपि बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० मध्ये ५ गठबन्धन दलका शीर्ष नेता सम्मिलित बैठकले सुन बरामद प्रकरणलाई लिएर हुँदै आएको संसद् अवरोध खुलाउन मुख्य प्रतिपक्षी एमालेसहितका दलसँग वार्ता गर्ने निर्णय गरेको छ।

सत्तापक्ष र प्रतिपक्ष आ–आप्mना अडानमा टसमस नहुँदा अवरुद्ध संसद् खुल्ने हो कि भन्ने हिजोको सत्ता गठबन्धन बैठकको निर्णयले संकेत देखाएको छ। तर, सोमबार बालुवाटारमै बसेको गठबन्धन दलको बैठकले अवैध सुन प्रकरणमा एमालेबाट भइरहेको संसद् अवरोध खुलाउन वार्तामा पनि नबस्ने र उसको माग पनि नमान्ने निर्णय गरेको थियो। सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गरेर एमालेले सरकारी संयन्त्रप्रति अविश्वास देखाएको भन्दै सोमबारको गठबन्धन दलको बैठकले रोष प्रकट गरेको थियो।

सोमबारको गठबन्धन बैठकपछि नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले राज्यको निकायले नै सुन तस्करी प्रकरणमा छानबिन गरिरहेकाले उच्चस्तरीय छानबिन आयोग गठन गर्ने एमाले मागलाई स्वीकार्न नसकिने निष्कर्ष निकालेको बताएका थिए। ‘सीआईबीले छानबिन गर्ने काम गरिरहेको अवस्थामा उच्चस्तरीय छानबिन माग्नु भनेको अहिलेको छानबिनलाई प्रभावित पार्नु हो। त्यसकारण एमाले माग अस्वीकार गर्ने निर्णय भएको हो’, उनले भनेका थिए।

सत्ता गठबन्धनको बुधबारको बालुवाटार बैठकले भने एमालेसँग वार्ता गरेर संसद् खुलाउन पहल गर्ने निर्णय लिएको छ। सोही कारण संसद् गतिरोध हट्ने छनक देखिएको हो। बुधबार मात्रै राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका एमाले अध्यक्ष केपी ओलीले सत्तापक्षले जबर्जस्ती संसद् अवरुद्ध गर्दै आएको सुनाएका थिए। सत्तापक्षले नै संसद् अवरोध खुलाउनुपर्नेमा उनले जोड दिएका थिए। राष्ट्रपति पौडेलले संसद् अवरोध भइरहेकोबारे जिज्ञासा राखेपछि ओलीले सत्तापक्षकै कारण संसद् बन्धक बनिरहेको जवाफ फर्काएका थिए।

ओलीले भनेका थिए, ‘संसद्को गतिरोध अन्त्य गराउने विषयमा छलफल भयो। उहाँले संसद् खोल्दा राम्रै हुन्छ भन्नुभयो, मैले खोल्नैपर्छ भनें। संसद् अवरोध गर्नु हुँदैन। सत्तापक्षले जबर्जस्ती संसद् अवरोध गरिरहेको छ। यो अवरोध सत्तापक्षले नै खुलाउनुपर्छ।’

बुधबारको गठबन्धन दलको बालुवाटार बैठक भने एमालेसँग वार्तामा बस्ने भएपछि संसद् खुलाइन लागेको अड्कलबाजी गरिएको हो। ‘सत्ता गठबन्धन दलका शीर्ष नेताहरू सम्मिलित बैठकले संसद् खुलाउन एमालेलगायत दलसँग वार्ता गर्ने निर्णय गरेको छ। लगातारको संसद् अवरोधका कारण विभिन्न विधेयक अड्किँदा कानुन निर्माणमा ढिलाइ भएको देखिएकाले शीर्ष नेतृत्वले वार्ताको पहल गरेको हो’, प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले भने।

सत्तापक्षले बाटो बिराए सदनमा मुख्य प्रतिपक्षीको हैसियतले रचनात्मक भूमिकासहित औंला ठड्याउनुपर्ने एमालेले निरन्तर संसद् अवरुद्ध गर्दा प्रतिनिधिसभा र राष्ट्रिय सभामा थाती रहेका आधा दर्जन विधेयक अलपत्र छन्।

प्रकाशित: २०८० साउन ३२ गते बिहिबार ०७:५९
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना