काठमाडौं- नेपाली कांग्रेसका नेता प्रदीप गिरीको प्रथम स्मृति दिवसमा काठमाडौँ-काशी (बनारस) यात्रा गरिने भएको छ। गत वर्ष भदौ ४ गते निधन भएका गिरीको स्मृतिमा दुईदेशीय यात्रा गर्न लागिएको हो।
भदौ २ गते पशुपतिनाथबाट प्रारम्भ हुने यात्राको उद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने भएका छन्। भदौ ४ गते भारतको वाराणसी (बनारस)मा विशेष कार्यक्रम गरिनेछ। स्मृति कार्यक्रममा कांग्रेस आईका उच्च तहका नेता सहभागी हुने जानकारी दिइएको छ।
३० जनाको टोली यात्राका लागि भारत जानेछ। यात्राको क्रममा प्रदीप गिरीको जीवनको उल्लेखनीय पक्ष र चीरस्थायी विरासतमा केन्द्रित रहेर चर्चा गरिने कार्यक्रमका अगुवा कञ्चन झाले जानकारी दिए। गिरी सबैको मन मनमा बस्न सकेको साहित्यकार धिरेन्द्र प्रेमर्षीले बताए।


