काठमाडौँ- नेकपा एमालेले नेताहरूको जिम्मेवारीमा हेरफेर गरेको छ। शुक्रबार अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरिएको एमालेले जानकारी दिएको छ।
नयाँ जिम्मेवारी अनुसार केन्द्रीय कार्यालयको व्यवस्थापनका गुरु बराल बागमती प्रदेशको इन्चार्ज बनेका छन्। काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यले काठमाडौंको तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाको इन्चार्ज पाएका छन्।
कर्णाली प्रदेश कमिटीको सचिव रहेका कमल शाहीको जिम्मेवारी खोसिएको छ। उनको ठाउँमा टेकराज पछाईलाई मनोनयन गरिएको छ।
एमालेले पार्टीका दुई केन्द्रीय सदस्य पदमुक्त भएको र चार जनाले बिदा लिएको अपानिमा उल्लेख छ। काठमाडौं महानगरपालिकाका मेयरका प्रत्यासी केशव स्थापित र सिराहका प्रमोदनारायण यादवले पार्टी छोडेका छन्। अजय क्रान्ति शाक्य (काठमाडौं), जुनेली श्रेष्ठ (मकवानपुर), पार्वती रावल (चितवन), पुरनसिंह दयाल (बैतडी) लाई बिदा दिएको एमालेको भनाइ छ।
गत सोमबार बसेको एमाले सचिवालय बैठकले स्थायी कमिटी सदस्य मणि थापासँग सोधपुछ गर्ने निर्णय पनि गरेको थियो।
त्यस्तै एमालेले अपानिमार्फत जनसंगठनका कार्यक्रममा जीवित नेतामध्ये पार्टी अध्यक्ष केपी ओलीको मात्रै फोटो मञ्चमा राख्न भनेको छ।
संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी र पूर्वअध्यक्ष मनमोहन अधिकारीका अतिरिक्त पार्टी अध्यक्षबाहेक अरूको फोटो प्रयोग नगर्न एमालेको निर्देशन छ।
यस्तो छ एमालेको अपानि


