२०८३ कार्तिक १४ गते शुक्रबार

आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, भदौ २
patrakar mahasang kaski

गण्डकी–आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता तयार भएको छ। कोसिस, राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठनले ‘आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता–२०८०’ तयार गरी नेपाल पत्रकार महासंघ कास्की शाखालाई हस्तान्तण गरेको हो।

आचारसंहिता कोसिसका परियोजना संयोजक सुदीप घिमिरेले महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीलाई हस्तान्तरण गरे। सरोकारवालाबीच विभिन्न चरणमा छलफलपछि आचारसंहिता तयार गरिएको कोसिसका परियोजना संयोजक घिमिरेले बताए। आचारसंहिता तयार गर्न कोसिससँग वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले कानुनी सहजीकरण गरेका थिए।

सन् २०२१ मा कास्कीमा आत्महत्या दर बढी देखिएपछि कोसिसले कास्कीलाई कार्यक्षेत्र बनाएर काम गरेको घिमिरेले बताए। सञ्चार माध्यममा प्रकाशन÷प्रसारण हुने समाचारका कारण आत्महत्या गर्नेले प्रश्रय पाएको भेटिएपछि पत्रकार आचारसंहिता आवश्यक ठानी यसको निर्माण प्रक्रिया सुरु गरिएको उहाँले जानकारी दिए।

आत्महत्याका समाचार सनसनीपूर्ण नबनाउने, सूचनालाई प्रमुख स्थान नदिने र बारम्बार नदोहो¥याउने, सूचनाको विस्तृत विवरण नदिने वा नखुलाउने, फोटो, भिडियोको प्रकाशन र प्रसारणमा ध्यान दिने, विशेष व्यक्तिवा सेलिब्रिटीको आत्महत्या रिपोर्टिङमा विशेष ध्यान दिने, गोपनीयता हकको सम्मान र विश्वसनीय जानकारी एवं स्रोत नखुलाउनेजस्ता विषय आचारसंहितामा समेटिएको बताउँदै उनले यसको कार्यान्वयनले आत्महत्यादर घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष भण्डारीले आचारसंहिता पुनः एकपटक पढेपछि कार्यान्वयनमा लैजाने बताउँदै कास्कीसँगै केन्द्रलाई पनि पालनाका लागि आग्रह गर्ने बताए।–रासस

प्रकाशित: २०८० भदौ २ गते शनिवार ०७:४७
प्रतिक्रिया

थप समाचार

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना