२०८३ कार्तिक १३ गते बिहिबार

झापाकी कमला मुर्मु तीन वर्षदेखि इराकमा बन्धक

 |  रासस
Sanket

रासस

काठमाडौँ, भदौ ३
lakhi murmu

झापा– अर्जुनधारा नगरपालिका–६ की ३० वर्षीया कमला मुर्मुलाई इराकमा अज्ञात गिरोहको बन्धक बनाएको बताउँदै उनकी आमा लखी मुर्मुले उद्धारका लागि अपिल गरेकी छन्। तीन वर्षअघि १० भदौ २०७७ मा वैदेशिक रोजगारीका क्रममा ओमान लाने भनेर कमलालाई मानव तस्करले इराक पु¥याएर बेचेको उनकी आमा बताउँछिन्।

‘ओमान लाने भनेर इराक पु¥याएछन्,’ लखीले कमलाको फोटो देखाउँदै भनिन्, ‘६ महिनासम्म सम्पर्क हुन सकेन। त्यसपछि बेलाबेला ‘मलाई बन्धक बनाइएको छ, उद्धार गर्नुप¥यो आमा’ भनेर भ्वाइस मेसेज आउँथ्यो।’ कमलालाई बन्धक बनाइएको खुलासा यसअघि नै भएपनि उद्धारका लागि सरकारी निकायबाट कुनै प्रयास भएन। दोहोरो कुराकानी र सम्पर्क नभएकाले उनलाई कहाँ बन्धक बनाइएको छ भन्ने पनि पत्ता लाग्न सकेको छैन।

कमलाकी आठ वर्षीया छोरी काजल मुर्मुको लालनपालन लखीले गरिरहेकी छन्। काजल स्थानीय ग्लोबल भिजन स्कुलमा कक्षा ५ मा अध्ययनरत छन्। वैवाहिक सम्बन्धमा आएको विग्रह र आर्थिक अवस्थाका कारण कमला २०७७ भदौमा वैदेशिक रोजगारीमा गएकी थिइन्। त्यतिबेला इटहरी बाँसबारीका गोविन्द कट्टेल र बिर्तामोड–१ का मदन खरेलले ओमानमा राम्रो रोजगारीमा लगाइदिने भन्दै कमलालाई इराक पु¥याएको लखी बताउँछिन्।

इराकमा बन्धक बनेकी छोरीले कहिलेकाँही भ्वाइस मेसेज पठाउँछिन्। इराकमा बन्धक बनाउने गिरोहले कमलासहित दर्जनौँ महिलालाई घरेलु श्रममा लगाउने र त्यसबाट आर्जित नगद खोस्ने गरेको कमलाले भ्वाइस म्यासेजमार्फत बताएकी छन्। ‘अर्काको घरमा मरुन्जेल काममा लगाउँछन् र कमाएको पैसा पनि खोसिँदो रहेछ,’ छोरीको भ्वाइस म्यासेजबाट आएको कुरा सुनाउँदै लखी भन्छिन्, छोरीले पेटभरी खान पनि पाउँदिन रहिछे।

काममा जान आनाकानी ग¥यो भने पिट्दा रहेछन्। घरमा सम्पर्क गर्नसमेत नदिने रहेछन्।’ कमलाले आफ्नो उद्धार नभए बन्धक बनाउनेबाट मारिन सक्ने बताएकी छन्। छोरी चिसै भुँइमा सुत्ने गरेको पनि लखीले बताइन्। ‘दिउँसो कामका बेला सम्पर्क हुने सम्भावना हुँदैन,’ लखीले बन्धक बनेकी छोरीको त्रासदीपूर्ण अवस्था सुनाउँदै भनिन्, ‘गिरोहका मान्छेहरू सुतेको मौका छोपेर घरको चार तलामाथि लुकेर मोबाइलबाट सानो स्वरमा भ्वाइस म्यासेज पठाएको भन्छिन् । यो थाहा पाए भने मार्छन् भन्ने डर छ।’

गिरोहले कमलालाई गाडीमा राखेर विभिन्न घर र कम्पनीमा लैजाने, काम लगाउने र ल्याउने गर्दै आएको कमलाकी आमा लखीले बताइन्। बाहिरी संसारमा कसैसँग सम्पर्क गर्ने सम्भावना नभएकोसमेत उनले बताइन्। पीडित परिवारका तर्फबाट इलाका प्रहरी कार्यालय, वडा कार्यालय, नगरपालिका र माइती नेपाललगायतका उद्धार संस्थामा घटनाको जानकारी गराइसकेको धेरै समय बितेको छ। ती निकायले समेत उद्धारका लागि चासो नदेखाएको परिवारको गुनासो छ।

गत वर्ष परिवारले नै एजेन्टलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याएर छलफल चलाएको थियो। त्यसबेला इटहरीका गोविन्द कट्टेल स्वदेश फर्काउने प्रतिबद्धता जनाएर फुत्किएका थिए। अहिले कट्टेल र खरेल दुवै सम्पर्कमा आउन चाहेका छैनन्।

मुर्मु परिवारको छिमेकी संगीता प्रसाईं वंशलले उद्धारका लागि अनुरोध गरेर प्रहरी, प्रशासन र नेतासमक्ष धेरै धाइसक्दा कुनै परिणाम नआएको दुःखेसो पोखिन्। संघीय संस्दकी उपसभामुख इन्दिरा राना र कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको गृहनगरसमेत अर्जुनधारा हो,’ उनले भनिन्, ‘अब उहाँहरूसँग मात्र भेट्न बाँकी छ।’

प्रकाशित: २०८० भदौ ३ गते आईतबार ०८:००
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

बगर बन्यो धानखेत

रसुवा: उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...

किसानलाई दूधको उचित मूल्य खोइ?

दाङ: यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्। पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन्। दूध...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना