काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले ललिता निवास प्रकरणमा मुछिएका सबैको बयान विना फाइल पेस नगर्न केन्द्रीय अुसन्धान ब्युरो (सीआईबी)लाई आग्रह गरेका छन्। यो प्रकरणमा जोडिएका निर्णयकर्ता सबैको बयान नै बिनाको अपूरो फाइल पेस नगर्न उनको आग्रह छ।
पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईका पालामा ललिता निवासको जग्गा हिनामिना भएको प्रष्ट हुँदाहुँदै पनि सत्ता गठबन्धनको दबाबका कारण सीआईबीले डा भट्टराई र नेपालसँग बयान नलिइकन नै फाइल बुझाउने तयारी गरेपछि लामिछानेको यस्तो अभिव्यक्ति आएको हो।
यसअघि यो प्रकरणमा मुछिएका सबै निर्णयकर्तालाई पनि बयान लिन सक्ने आदेश सर्वोच्च अदालतले दिएको थियो। अदालतको आडभरोसा हुँदाहुँदै पनि सीआईबीले उनीहरूसँग बयान लिन खुट्टा कमाएको हो।
‘सीआईबीले गैरकानुनी आदेश नसुनोस्, नमानोस्,’ उनले लेखेका छन्, ‘ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल पेस नगरोस्। गृहमन्त्रीज्यू, केही त गडबड छ,….ठूलै गडबड छ।’


