काठमाडौँ– ‘चौथो ब्रिटिस कप– २०२३ इन्टर कलेज फुट्सल टुर्नामेन्ट’को उपाधि थेम्स कलेजले जितेको छ । बालुवाटारस्थित ढुकु फुट्सलमा शुक्रबार सम्पन्न फाइनल खेलमा आईएसएमटी कलेजलाई पेनाल्टीमा पराजित गर्दै थेम्सले उपाधि जितेको हो।
विजेता टिम थेम्सले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता टिम आईएसएमटीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै, व्यक्तिगत तर्फको अवार्ड पनि थेम्सकै दुई खेलाडीहरुले प्राप्त गरेका छन । थेम्सका मिलन गोदार थापा प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा मोहम्मद फाहिद उत्कृष्ट गोलकिपर घोषित भए । थापा र फाहिदले जनही १०–१० हजार रुपैयाँ प्राप्त गरेका छन्।
कार्यक्रम सफलतापूर्वक सकिएकोमा ब्रिटिस कलेजका चेयरम्यान उपेन्द्रराज शर्माले धन्यवाद तथा बधाई ज्ञापन गरे । ‘हाम्रा सहकर्मी तथा विद्यार्थीहरुको मिहेनतले यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । म कार्यक्रमको आयोजना गर्ने विद्यार्थीहरु, स्वयंसेवक, सम्पूर्ण टिमहरुतथा समर्थकहरुलाई धन्यवाद ज्ञापन गर्न चाहान्छु ।’

प्रतियोगितालाई सभ्य र भब्य बनाउनको लागि कलेजले बिभिन्न संस्थाहरुसँग सहकार्य गरेको थियो । यस पटकको शीर्ष प्रायोजक ग्रेश इन्टरनेशनल कन्सलटेन्सी रहेको थियो । त्यस्तै, इन्स्योरेन्स पार्टनर मानेको इन्स्योरेन्स लिमिटेड, ई–कमर्श पार्टनरमा दराज, मोबिलिटी पार्टनरमा पठाओ, हस्पिटालिटी पार्टनरमा होटल कन्ट्री भिला, मेडिकल पार्टनरमा वयोधा हस्पिटल्स, मिडिया पार्टनरमा हाम्रो खेलकूद र फुड पार्टनरमा एमके फुड प्रोडक्ट रहेका थिए भने मेमो गार्डन, रेडमुन, आँखीझ्याल तथा शिव साउण्डले पनि प्रतियोगिताको लागि सहकार्य गरेको थियो ।
सन् २०१८ देखि कलेजले निरन्तर रुपमा आयोजना गर्दै आएको प्रतियोगिताको यस संस्करणमा १६ टिमले सहभागिता जनाएका थिए । कलेजका मार्केटिङ हेड अमरदिप मण्डलले सहभागी सम्पूर्ण टिमहरुलाई धन्यवाद ज्ञापन गरे । ‘म विजता थेम्स तथा उपविजेता आईएसएमटीलाई बधाई दिन चाहान्छु । साथै, सहभागी टिमहरु किङ्ग्स कलेज, थेम्स कलेज, एस बिजनेश स्कुल, क्याम्पियन, सेन्ट जेभियर्स, आईआईएमएस, सफ्वेरिका, हेराल्ड केटीएम, सिल्भर माउण्टेन, प्राइम, एपेक्स, नाथम, केसीएम, ब्रिटिस प्रोफेशनल कलेज तथा हाम्रो टिमलाई पनि धन्यवाद दिन चाहान्छु ।’
कार्यक्रम भब्यताका साथ सम्पन्न भएकोमा कलेजका ईसीए कोअर्डिनेटर हिमाल कार्की तथा स्पोर्टस् कोअर्डिनेटर कभीचन्द्र राइ प्रति पनि कृतज्ञता व्यक्त गर्दै मण्डलले पाँचौ संस्करण अझै बृहत हुने जानकारी दिए ।


