काठमाडौँ- संसदको अवरोध हटाउने विषयमा छलफल गर्न बोलाइएको राष्ट्रिय मान्यताप्राप्त दलको बैठक भएको छ। काठमाडौं बाहिर रहेका प्रधानमन्त्री आउन ढिला भएको हो।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सुरु भएको बैठकमा संसद खुलाउने विषयमा सत्ता पक्ष र प्रतिपक्षको भूमिकाबारे छलफल भइरहेको छ।
बैठकमा प्रधानमन्त्रीसहित उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, उपसभापति पूर्णबहादुर खड्का, एमाले प्रमुख सचेतक पदम गिरि, रास्वपा सभापति रवि लामिछाने, राप्रपा उपाध्यक्ष विक्रम पाण्डेलगायतका नेता सहभागी छन्।
यसअघि हिजो बसेको बैठक निष्कर्षविहीन भएपछि, आजका लागि बैठक बोलाइएको हो । दलहरुकै आग्रहमा हिजो बोलाइएको प्रतिनिधिसभाको बैठक भोलीका लागि सारिएको थियो।
एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानसहित साउन १० गतेबाट निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ।


