काठमाडौं–चितवनको मुग्लिन नजिक सुक्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ।
इच्छाकामना गाउँपालिका–६ टोपेखोला नजिकै सोमबार राती ८ बजेतिर पहिरो झरेर सडक दुईतर्फी अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको हो।
ठूलो पहिरो झरेकाले पन्छाउन समय लाग्ने बताइएको छ। सडक डिभिजन कार्यालय भरतपुरले पहिरो गएको ठाउँमा डोजर पठाएको र पहिरो पन्छाउन सुरु गरेको जनाएको छ। सडक अवरुद्ध हुँदा यात्रु बीच बाटोमै रोकिएका छन्।
ठूलो सुक्खा पहिरो गएकाले पन्छाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले बताए।


