२०८३ कार्तिक ११ गते मङ्गलबार

के हो टेरामोक्स? दूरसञ्चार प्राधिकरणलाई किन चाहियो यस्तो प्रविधि?

 |  रासस
Sanket

रासस

काठमाडौँ, भदौ ५
purushottam_khanal

काठमाडौँ– दूरसञ्चार सेवालाई विश्वासिलो, गुणस्तरीय र भरपर्दो बनाउने उद्देश्यले नेपाल दूरसञ्चार प्राधिकरणले ल्याएको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामोक्स) कार्यान्वयनमा सेवाप्रदायक टेलिकम कम्पनीहरूले आनाकानी गरेका छन्।

कम्पनीहरूको कार्यान्वयनमा रुचि नदेखाएपछि रु तीन अर्बभन्दा बढी खर्चेर ल्याइएको उक्त प्रविधि हाल कार्यान्वयनमा आउन सकेको छैन। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार एनसेलका तीनवटा डाटा सेन्टरमा उक्त प्रविधि जडान भए पनि कार्यान्वयनमा आएको छैन भने नेपाल टेलिकमले उक्त प्रविधि जडानमा रुचि देखाएको छैन।

नेपालका टेलिकम सेवाप्रदायक कम्पनीले उपभोक्तालाई दिने सेवाको गुणस्तर सुधार तथा उपभोक्ताको हितका लागि कार्यान्वयनमा ल्याउन लागिएको उक्त प्रविधिबारे गलत ढङ्गले प्रचार–प्रसार गरिएको उनको भनाइ छ।

टेरामोक्स प्रविधि उपभोक्ताको एसएमएस र कल डिटेललगायतका अति गोप्य सूचना सङ्कलन गर्ने उद्देश्यले ल्याउन लागिएको भन्दै प्रचार–प्रसार गरिएकामा दूरसञ्चार प्राधिकरणको गुनासो छ। अध्यक्ष खनालले व्यक्तिगत एसएमएस तथा सूचना सङ्कलनको उद्देश्य नभई गुणस्तर सुधारका लागि उक्त प्रविधि ल्याइएको बताए।

‘सम्बन्धित कम्पनीले हामीलाई दिएको प्रमाणपत्रमा स्पष्टसँग के गर्ने भन्ने उल्लेख छ, त्यो सेवाप्रदायक कम्पनीहरूले पनि हेर्न सक्नुहुन्छ,’ उनले भने, ‘हामीले आवश्यक विशेषता (कस्टमाइज्ड डिजाइन) मात्रै राखेर कानुनसम्मत खरिद गरेका हौँ।’ उनले हाल आवश्यक एसएमएस र कल डिटेल जिल्ला अदालतको आदेशमा सम्बन्धित निकायले सेवाप्रदायकसँगको सहकार्यमा हेर्न मिल्ने भन्दै उक्त विषय प्राधिकरणको क्षेत्राधिकारभित्र नपर्ने स्पष्ट पारे। उनका अनुसार यदि कल डिटेललगायतका सबै विशेषतासहितको प्रविधि ल्याएको भए खर्च दोब्बर हुने थियो। यस विषयमा टेरामोक्स प्रविधिको विशेषता तथा कामबारे प्राधिकरणले श्वेतपत्र पनि जारी गरिसकेको छ।

‘प्राधिकरणले टेलिकम कम्पनीहरूले दिने सेवा प्रवाह गुणस्तरको छ वा छैन ? उपभोक्तासँग नियमानुसार शुल्क लिएको छ वा छैन लगायतका विषयमा अनुगमन गर्ने उद्देश्यले उक्त प्रविधि ल्याइएको हो’, उनले भने, ‘तर सेवाप्रदायकले भने विभिन्न बाहनामा आनाकानी गरेको अवस्था छ।’

उनका अनुसार उक्त प्रविधि जडान तथा सञ्चालनका लागि हुने खर्च पनि प्राधिकरण आफैँले व्यहोर्ने छ। ‘प्राधिकरणले सम्बन्धित कम्पनीलाई लाइसेन्स दिँदा जुन काम गर्नका लागि भनेर अनुमति दिइएको थियो सोहीअनुसार सेवाको पहुँच, गुणस्तर र शुल्क लिइएको छ वा छैन भन्ने हेर्छौँ मात्रै भनिएको हो, सेवाप्रदायकलाई उपभोक्ता र राज्यप्रति थप जिम्मेवार बनाउने उद्देश्य हो,’ उनको भनाइ छ।

प्राधिकरणका अनुसार टेरामोक्स प्रविधिले गुणस्तर जाँच गर्नुका साथै ग्राहकलाई क्षतिपूर्ति दिलाउनका लागि सिफारिससमेत गर्ने प्राधिकरणको भनाइ छ। यदि कुनै सेवाप्रदायकले ग्राहकसँग अतिरिक्त शुल्क लिइरहेको छ भने त्यस्ता सेवाप्रदायकलाई थप जिम्मेवार बनाउँदै ग्राहकलाई क्षतिपूर्तिको समेत व्यवस्थाका लागि यो प्रविधि सहयोगी बन्ने प्राधिकरणको भनाइ छ।

साथै यो प्रविधिले घट्दो टेलिकम कारोबार तथा कल वाइपासबारे पनि अनुगमन गर्नेछ। प्राधिकरणका अनुसार पछिल्लो समय टेलिकम कम्पनीमा ग्राहकको सङ्ख्या बढ्दो भए पनि आम्दानी भने घट्दो अवस्थामा रहेको बताएको छ।

प्राधिकरणको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७८/७९ मा टेलिकम क्षेत्रको कारोबार रु २१ अर्बले घटेको छ। आव २०७४/७५ मा रु ९८ अर्ब ६८ करोडको कारोबार भएकामा आव २०७८/७९ मा आइपुग्दा कारोबार रकम रु ७७ अर्ब पाँच करोडमा सीमित भएको छ। त्यसैगरी आव २०७५/७६ मा एक करोड ४५ लाख ग्राहक रहेकामा आव २०७८/७९ मा आपुग्दा यो सङ्ख्या बढेर दुई करोड ७१ लाख पुगेको छ।

‘ग्राहकको सङ्ख्यासँगै डाटाको प्रयोग बढ्दै जाने तर आम्दानी कसरी कम भइरहेको छ भन्नेबारे टेरामोक्स प्रविधिले अध्ययन गर्नेछ’, उनले भने, ‘यदि कुनै समस्या भए वा कल बाइपास हुँदा कारोबारमा कमी आएको भए यसले निगरानी तथा अनुगमन गर्नेछ।’

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का अनुसार कल बाइपासबाट मात्रै २०६८ देखि २०७६ सालसम्म रु १२ अर्बभन्दा बढी राज्यको आम्दानी गुमेको छ। ‘सिआइबीको पहुँच बाहिरको राजस्वको कुनै हिसाब–किताब हुनसकेको छैन। अतः यस्तो अवस्थामा वास्तविकता पत्ता लगाउन यो प्रणाली जडान र अतिआवश्यक देखिन्छ’, प्राधिकरणले जारी गरेको श्वेतपत्रमा उल्लेख छ।

अध्यक्ष खनालका अनुसार दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको वार्षिक आय, घटिरहेको, कम्पनीको नेटवर्कको विस्तार र ग्राहक सङ्ख्या विस्तार हुँदा पनि आम्दानी घट्ने क्रम जारी रहेको, पटक–पटक कम्पनीहरूको सेवा अवरुद्ध हुने गरेको तथा सेवाको गुणस्तरका सम्बन्धमा विभिन्न क्षेत्रबाट प्रश्न उठिरहेको भन्दै प्राधिकरणले टेरामोक्स प्रविधिको कार्यान्वयनमा जोड दिएको हो।

खनालले टेलिकम सेवा प्रदायकले दिने सेवा ‘कार्पेट कभरेज’ हुनुपर्ने बताए। कार्पेट कभरेज अर्थात् कुनै कोठामा कार्पेट लगाउँदा सबै क्षेत्र समानरूपले समेटिएजस्तै टेलिकमको सेवा पनि गुणस्तरीय र समान हुनुपर्ने बताए।

हाल कुन सेवाप्रदायकको नेटवर्कमा कति सङ्ख्यामा कल आए र त्यसवापतको पैसा कहाँ र कति आयो भन्ने पनि टेरामोक्सले हेर्छ। हाल टेलिकम सेवाप्रदायकबीच ग्राहकको गोपनीयता कायम गर्नका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गरेका हुन्छन्। तर प्राधिकरणले टेरामोक्स प्रविधिमार्फत त्यसको स्रोत खोज्ने उनको भनाइ छ।

उनले यो प्रविधि कार्यान्वयनमा आए सेवा पुगेका सबै क्षेत्रमा गुणस्तरीयता सुनिश्चित हुनेमा विश्वास व्यक्त गरे। ‘यो प्रविधिले कुन क्षेत्रमा कस्तो सेवा प्रवाह भइरहेको छ भन्ने ‘भोल्युम’मा अध्ययन गर्छ, साथै सोहीअनुसार हामीले त्यस्ता सेवा प्रदायकलाई गुणस्तर सुधारका लागि भन्न सक्छौँ’, अध्यक्ष खनालले भने। उनका अनुसार अहिले राजधानी काठमाडौँका कतिपय स्थानमा टेलिकम सेवाप्रदायकको गुणस्तरको समान उपलब्धता नभएको गुनासो प्राधिकरणमा आउने गरेको छ।

प्राधिकणले श्वेतपत्रमा भनेको छ, ‘टेलिकम सेवाप्रदायकको आम्दानी घट्नुको यथार्थ चित्रण गर्नुका साथै कल वाइपासबाट राज्यलाई अर्बौँको क्षति भइरहेकामा सो पत्ता लगाई यसको न्यूनीकरण गर्नका लागि टेरामोक्स प्रविधि आवश्यक भएको हो।’ दूरदराजका ग्राहकले गुणस्तरीय सेवा नपाउने, हप्तौँसम्म सेवा प्रदायकले बिग्रिएका सेवा सञ्चालन नगर्ने, बेला–बेलामा टेलिकमको बिलिङमा समस्या आउनुलगायतका समस्या पत्ता लगाउन पनि यो प्रविधि आवश्यक भएको प्राधिकरणको दाबी छ।

प्रकाशित: २०८० भदौ ५ गते मङ्गलबार ११:०५
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...

प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको आरोपमा मेटालाई २५ अर्ब डलर जरिवाना

यो मेटाविरुद्ध हालसम्म तोकिएको सबैभन्दा ठूलो जरिवाना हो। राज्यका कानुन व्यवसायीका अनुसार मेटाको गलत जानकारी र डेटा व्यवस्थापनसम्बन्धी गतिविधिबाट न्यु मेक्सिकोका करिब २० लाख बासिन्दा प्रभावित...

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइट बन्द

काठमाडौँ: विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता...

१७ करोड खर्चिएर बनाएको मौसमी रडार २ वर्षदेखि बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित

करोडौँ रुपैयाँ खर्चेर स्थापना गरिएको यो प्रविधि लामो समयदेखि बन्द हुँदा त्यसबाट प्राप्त हुनुपर्ने तथ्यांक र सूचनाको उपयोग गर्न सकिएको छैन।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना