काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले, शीर्ष नेताहरुको बैठकमा साक्षी बस्नु भनेकै बदनाम हुनु भएको टिप्पणी गरेका छन्।
आजका लागि बोलाइएको सर्वदलीय बैठकमा सहभागि हुन पुगेका उनले शीर्ष नेताहरुको कार्यशैलीप्रति तिव्र असन्तुष्टि जनाउँदै अब बैठकमा समेत सहभागि नहुने संकेत गरे।
‘शीर्ष नेताहरुको बैठकको साक्षी बस्नु भनेकै बदनाम हुनु हो। यसको खासै अर्थ हुँदैन,’ उनले भने, ‘सम्भवतः अब हामी उहाँहरुलाई नै टुंग्याउन दिन्छौं। यो सामान्य कुरालाई पनि लम्ब्याउन मलाई यो साक्षी बस्नुको कुनै अर्थ छैन।’
उनले अब कसरी अघि बढ्ने भन्ने विषयमा थप छलफल गर्ने भन्ने विषयमा लाग्ने बताए। उनले भने ‘हामी कसरी अघि बढ्ने भन्नेबारे छलफल गछौं।’ सर्वदलीय बैठक भोली ११ बजे बस्ने गरि तोकिएको छ।
आजको संसद बैठक समेत प्रधानन्यायाधीशको शपथ र एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था विग्रिएको भन्दै सारिएको छ।


