काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको अनुशासन समितिमा सदस्य मनोनयन गरेका छन्। केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा गठित ‘केन्द्रीय अनुशासन समिति’मा सदस्यहरु मनोनित गरेका हुन्।
सभापति देउवाले आज समितिको सदस्यहरुमा पार्टीका केन्द्रीय सदस्यहरु ईश्वरी न्यौपाने, धु्रव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई मनोनयन गरेको पार्टी कार्यालयले जनाएको छ।
त्यसैगरी, पार्टीको विधान बमोजिम कांग्रेसको केन्द्रीय निर्वाचन समितिको रिक्त रहेको संयोजक पदमा अधिवक्ता खम्मबहादुर खातीलाई नियुक्त गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।


