२०८३ कार्तिक १४ गते शुक्रबार

जोगिए नारायणकाजी, ‘रेड जोन’मा झलकराम!

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ७
home ministry

काठमाडौँ- सत्ता गठबन्धनको सवैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले साउन २९ गते बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठबारे चर्को असन्तुष्टि प्रकट गरे। कांग्रेस सांसद सुनिल शर्मा पक्राउ परेपछि साउन २६ मा देउवालाई भेट्न उनकै निवासमा पुगेका गृहमन्त्री श्रेष्ठलाई कांग्रेस सभापति देउवाले मुखै खोलेर ‘तपाईले गृहमन्त्रालय चलाएको भएन’ भनेपछि गृहमन्त्रीको पद धरापमा परेको खबर सतहमा आएको थियो।

देउवाले त्यो भन्दा अगाडि पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई गृहमन्त्री श्रेष्ठका बारेमा पटक पटक रोश प्रकट गरेका थिए। प्रधानमन्त्रीको दाहालको निर्देशन अनुसार गृहमन्त्री श्रेष्ठ साउन २६ गते साँझ देउवालाई भेट्का लागि उनको निवास धुम्वराही पुगेका थिए। आफुलाई भेट्न पुगेका गृहमन्त्री श्रेष्ठलाई देउवाले चिनियाँ नागरिकसँग पटक पटक संवाद भएका नेता कृष्ण बहादुर महरालाई छानबिनको दायरामा नल्याइएको, कांग्रेस निकटहरूलाई मात्रै ठूला प्रकरणसँग जोडेर मुछ्ने काम भएको भन्दै आक्रोश पोखेका थिए।

प्रधानमन्त्री दाहाल र गृहमन्त्रीसँगै गृहमन्त्रालयबारे असहमति जनाइसकेका देउवाले साउन २९ गतेको सत्ता गठनबन्धनको बैठकमा गृहमन्त्री श्रेष्ठका विरुद्धमा माधव नेपालको पनि सर्मथन जुटाएका थिए। उनले सो बैठकमा भनेका थिए–‘माधव नेपालजीले पार्टी फुटाउने आँट नगरेको भए न म प्रधानमन्त्री हुन्थें, न त प्रचण्डजी बन्नुहुन्थ्यो।’

प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष केपी ओली शर्मा पनि गृहमन्त्री श्रेष्ठप्रति आक्रोश व्यक्त गरे। एमालेले त सुन प्रकरणलाई जोडेर गृहमन्त्रीको राजीनामा नै मागेको थियो। सर्वदलीय बैठकमा नेकपा एमाले अध्यक्ष ओलीले गृहमन्त्री श्रेष्ठप्रति आक्रोश व्यक्त गरेपछि उनका विरुद्ध सत्ता पक्ष र विपक्ष एक भए। माओवादीका एक नेताका अनुसार नारायणकाजीलाई गृहमन्त्रीबाट हटाउन प्रधानमन्त्री दाहाल, देउवा, ओली र माधव एक भएका थिए। गठबन्धन र सर्वदलीय बैठकमा देउवा, र ओलीले श्रेष्ठका विरुद्ध आक्रोश ब्यक्त गर्दा प्रधानमन्त्री दाहालले कुनै प्रतिक्रिया दिएका थिएनन्। माओवादीका ती नेताका अनुसार प्रधानमन्त्री दाहाल आफ्नो सत्ता जोगाउनका लागि नारायणकाजीलाई मन्त्रालयबाट बिदा गर्ने विषयमा तयार भइसकेका थिए।

तर अहिले एकाएक त्यो अवस्था बदलिएको छ। तत्काल नारायाणकाजीलाई गृहमन्त्रालयको जिम्मेवारीबाट नहटाउनेमा सत्ता गठबन्धनका नेताहरुको बीचमा सहमति भइसकेको छ। नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले बोलाएको बैठकमा नारायणकाजीलाई गृहमन्त्रालयबाट हटाउने बारे छलफल पनि भएको थियो। तर सो बैठकमा उपप्रधानमन्त्री खड्काले माओवादी केन्द्रका उपमहासचिवद्धय बर्षामान पुन र शक्ति बस्नेतका बीचको द्वन्द्वका कारण गृहमन्त्रीबाट श्रेष्ठलाई नहटाउने भनेर प्रधानमन्त्रीले भनेको खबर सुनाए।

गृहमन्त्री श्रेष्ठले देउवालाई धुम्बराहीमा भएको भेटमा नै नक्कली शरणार्थी प्रकरण अघि बढाएका प्रहरी अधिकृतको सरुवाको प्रस्ताव गरेका थिए। त्यो प्रस्तावपछि कांग्रेस सभापति देउवाले नारायणकाजीलाई नहटाइकनै दबाब सृजना गरेर अगाडि बढ्न सकिन्छ कि भन्ने कोणबाट आफु सन्निकट नेताहरुसँग छलफल सुरु गरे। छलफलकै क्रममा देउवाले यस्तो सूचना पाए जसले गृहमन्त्री श्रेष्ठलाई त्रासमा राख्ने उपाय हुनसक्थ्यो।

के हो देउवाले पाएको सूचना?
कांग्रेस सभापति देउवाले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई दबाबमा राख्ने उपाय हुनसक्ने सूचना पाएपछि उनलाई नहटाइकन पनि त्रासमा राख्न सकिने स्थितिसँग जोडिएका पात्र हुन् अध्यागमनका महानिर्देशक झलकराम अधिकारी। देउवासमक्ष सुन तस्करी प्रकरणमा जोडिएका वेल्जियन नागरिक दावासंगको झलकरामको ‘कनेक्सन’बारे सूचना पुगेपछि उनी निकटहरुले, झलकरामलाई ‘रेड जोन’मा पार्दा गृहमन्त्री श्रेष्ठलाई ठुलो झड्का लाग्ने कुरा सुनाइदिए।

नारायणकाजीलाई तत्काल हटाउदा देउवा र कांग्रेसलले राजनीतिक रुपमा अपजश मात्र होइन ‘इमेज’ खराब बन्छ कि भन्ने कोणबाट पनि देउवा समूहभित्र छलफल भएकाको थियो। त्यसैले सो छलफलपछि दावा–झलकराम कनेक्शनलाई मिडियामा ल्याइएको देउवा निकट एक नेताले जानकारी दिए।

ती नेताका अनुसार यदि गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफूले पत्याएका र जिम्मेवारी दिएका कर्मचारी झलकरामलाई पक्राउ गर्न तयार भएमा उनको पद जोगाइदिने देउवाको प्रस्ताव गृहमन्त्री श्रेष्ठकोमा पुगिसकेको छ। देउवाको यो प्रस्तावमा गृहमन्त्री सकारात्मक छन्। देउवा निकट ती नेताका अनुसार झलकरामबारे बाहिर समाचार आएपछि उनी स्वत ‘रेड जोन’मा परेका छन्। ‘ बीचमा अरु केही खेल भएन भने झलकराम छिट्टै पक्राउ पर्छन्’ उनले भने, आज भोली नै पक्राउ गर्ने तयारी गरिएको छ।’

सुन तस्करीमा समातिएका दावासँगको वी-च्याट संवाद बाहरिएपछि गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागका महानिर्देशक झलकराम मन्त्रालयमा तानिएको छ।

प्रकाशित: २०८० भदौ ७ गते बिहिबार ०३:१२
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना