२०८३ कार्तिक १४ गते शुक्रबार

बालसुधार गृह घटनाका दोषीलाई कारबाही गर्न माग, शून्य समयमा के भने सांसदले?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ७
parliament-30

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले यही भदौ ३ गते भक्तपुरको बालसुधार गृहमा भएको घटनाका सम्बन्ध सरकारको ध्यानाकर्षण गराउँदै घटनाका दोषीलाई कारबाही गर्न माग गरेका छन्।

उनीहरुले बालसुधार गृह भित्रै भएको कमल बस्नेतको निधनका सम्बन्धमा सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन्। बैठकमा सांसद दुर्लभ थापा क्षेत्रीले बस्नेतको निधन र त्यसपछि भएको घटनाका सम्बन्धमा सम्बन्धित निकायलाई सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न र निधन भएका बालकको परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरे। यसैगरी सांसद निशा डाँगीले कमल बस्नेतको मृत्यु सम्बन्धमा सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्दै सुधार गृहका बालबालिकाले पाउने सेवा सुविधामा पनि ध्यान दिन आग्रह गरे।

सांसद डोलप्रसाद अर्यालले हालै सरकारले श्रमिकको न्यूनतम पारश्रमिक बढाएको बारेमा केही औद्योगिक व्यवसायीले बढेको सो पारिश्रमिक दिन नसकिने भनी दिएको अभिव्यक्तिका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै सरकारको निर्णय कार्यान्वयनका लागि आग्रह गरे।

सांसद तेजुलाल चौधरी टीकापुर घटनाको लामो समय भए पनि सो घटनाका केही निर्दोष व्यक्ति अझै पनि लुकेर बस्नु परेको जनाउँदै त्यसका लागि सहज वातावरण बनाइदिन सरकारसँग आग्रह गरे। सांसद दामोदर भण्डारीले बाढी पहिरोले बाटाहरु अवरुद्ध भएको, लम्की स्किनको प्रकोप भयावह फैलिएको, वन्यजन्तुले बालीनाली सखाप गरेकोलगायत सवालामा समाधानका लागि सरकारको ध्यानाकर्षण गराए।

सांसद दिपा शर्माले शिक्षा क्षेत्रमा विभिन्न सुधारका माग राखी माइतीघर मण्डलामा लामो समयदेखि अनशन भइरहेको भए पनि सरकार बेखबर जस्तो देखिएको जनाउँदै बन्द भएका सिटिइभिटीअन्तर्गतका कलेज खुलाउन माग गरिन। सांसद देवप्रसाद तिमिल्सिनाले रौतहटको हाल बन्द अवस्थामा रहेको श्रीराम सुगरमिल किसानको हितका लागि भएपनि यथाशीघ्र सञ्चालन गर्न माग गरे।

सांसद धनबहादुर बुढाले डोल्पाको उत्तरी क्षेत्रका नाकामा हाटबजार मेला लाग्दै आएको भए पनि कोभिडका कारण विगत पाँच वर्षदेखि बन्द रहेकाले सो स्थानमा दैनिक उपभोग्य, खाद्यान्न, निर्माण सामग्रीको अभाव भएको र नाका खुलाउन माग गरे।

सांसद धवलशम्शेर जबराले नेपालगञ्जमा खेलकुदको पूर्वाधारमा कमी भएको, कपास विकास समिति अलपत्र भएका, नर्सिङ कलेजलाई भर्ना गर्न नदिएको बारेमा सदनको ध्यानाकर्षण गराए। सांसद ध्रुवबहादुर प्रधानले उद्योगमा सबैभन्दा बढी राजस्व तिर्ने नवलपरासी पश्चिमका जनता आर्सनिक खानेपानी खान बाध्य भएको बताउँदै शुद्ध खानेपानी उपलब्ध गराउन माग गरे।

सांसद नारायणप्रसाद आचार्यले पाल्पा रामपुरको बाटो लामो सयमदेखि बजेटको कमीका कारण मर्मतसमेत हुन नसेकेको हुँदा मर्मतका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए। सांसद पृष्पबहादुर शाहले अछामको कैलाश खोलामा आएको बाढीले पर्यटकीयस्थल रामारोशन बाटो अवरुद्ध भएको तत्काल बाटो खुलाउन आग्रह गरे।

सांसद प्रकाशमान सिंहले बाढीपहिरोले मुलुकभर जस्तै काठमाडौँ उपत्यका पनि डुबानको समस्या बढेको हुँदा यसको दीर्घकालीन व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराए। सांसद प्रदीप पौडेलले इञ्जिनियरिङ अध्ययन संस्थानमा २०० प्रतिशत शुल्क वृद्धि गरिएको भन्दै तत्काल उक्त निर्णय फिर्ता गर्न माग गरे।

सांसद प्रतिमा गौतमले बाढी पहिरोको समस्या, आँखा पाक्ने रोगको प्रकोप, लम्पी स्किनको सङ्क्रमण, महँगी, भ्रष्टाचारलगायत जनजीविकाका विविध समस्या भए पनि सुनका नाममा एक महिनादेखि संसद् बन्द भएको उल्लेख गर्दै त्यसपछि संसद् सञ्चालन हुनुलाई कसरी उपलब्धि मान्न सकिन्छ भनी प्रश्न गरिन्।

सांसद प्रभु हजाराले शुद्ध खानेपानी पाउने जनताको मौलिक हक भए पनि तराई–मधेसका जनताले अझै पनि शुद्ध खानेपानी नपाएको जनाउँदै तत्काल व्यवस्थापन गर्न माग गरे। सांसद प्रेमबहादुर महर्जनले पछिल्लो समय बालबालिका हराउनेक्रम बढेको तथ्याङ्क पेस गर्दै प्रभावकारी खोजतलासका लागि सरकारसँग आग्रह गरे।

सांसद बद्री पाण्डेले लम्पी स्किन रोगका कारण हजारौ पशुचौपाया मरेको र किसान ठूलो मार्कामा परेको तर्फ सरकारको ध्यानाकर्षण गराउँदै यसको प्रभावकारी रोकथाम र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे। सांसद बलराम अधिकारीले छाडा गाईगोरुका कारण सडक दुर्घटना बढेको र दुर्गन्ध फैलिएको बताउँदै यसको उचित व्यवस्थापनका लागि आग्रह गरे।

सांसद वासुदेव घिमिरेले स्वच्छ वातावरण मौलिक हक भएपनि स्थानीय तहमा फोहरमैला व्यवस्थापनमा विभिन्न कठिनाई हुने गरेको र यसमा तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने सुझाव दिए। सांसद विन्दबासिनी कांसकारले सडक डिभिजन कार्यालय हेटाँैडाले सो क्षेत्रमा पूर्व पश्चिम राजमार्गअन्तर्गत उचित मुआब्जा नदिइ जग्गा अधिग्रहण गरिएको जनाउँदै विकासका नाममा जनतालाई विस्थापित बनाउन नहुने धारणा व्यक्त गरे।

सांसद विनिता कठायतले जुम्लामा बाढीले बगाउँदा स्थानीय पन्नकली बुढा बेपत्ता भएको जानकारी गराउँदै तत्काल बेपत्ताको खोजी गर्न र आगामी दिनमा यस्ता घटना हुन नदिन सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित: २०८० भदौ ७ गते बिहिबार ०४:१९
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना