काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गत गठित १० विषयगत समितिका सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भएको छ।
प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरले समितिका सभापतिको निर्वाचन भदौ ११ गते दिउँसो ३ः०० बजे हुने जानकारी गराएका हुन्।
निर्वाचनका लागि प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेयलाई जिम्मेवारी तोकिएको छ।
यसैगरी प्रतिनिधिसभाको नियमावलीअनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १२ गते निर्धारण गरिएको सभामुख घिमिरेले जानकारी गराए।
त्यसका लागि भदौ ८ गतेभित्र लिखित रूपमा प्रश्न दिन सकिने छ। प्रतिनिधिसभाको अर्काे बैठक यही भदौ १२ गते बिहान ११ः०० बजे बस्नेछ।


