काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीले, आगामि माघ १४ गतेदेखी १८ गतेसम्म पार्टीको १० औं राष्ट्रिय महाधिवेशन गर्ने भएको छ।
बिहीबार पार्टीको छौटौँ बैठक सम्पन्न गरेसँगै प्रवक्ता जगन्नाथ खतिवडाले आगामी माघ १४ गतेदेखि १८ गतेसम्म पार्टीको १०औं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिएका हुन्।
‘आगामी माग १४ गतेदेखि १८ गतेसम्म पार्टीको १० औं राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय बैठकले गरेको छ,’ उनले भने।
त्यस्तै बैठकले असोजमा एक महिना एकीकृत समाजवादीका मुद्दाहरु राष्ट्रलाई सुनाउने उद्देश्यकासाथ मूलुकको रुपान्तरकारी योजना मेची महाकाली राष्ट्रिय योजना संचालन गर्ने पनि निर्णय गरेको उनले बताए।
साथैं पार्टीलाई मूलुकको नेतृत्वकारी कम्युनिस्ट पार्टी बनाउन देशभर पार्टीको विस्तार गरी २०८३ सालको स्थानीय तहको निर्वाचनमा लड्ने र बहुसंख्यक तालिकामा बहुमत ल्याउन सक्ने गरी पार्टीको निर्माण गर्ने पनि बैठकले निर्णय गरेको छ।
बैठकले, अध्यक्ष माधव नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ।


