२०८३ कार्तिक १४ गते शुक्रबार

गृहमन्त्रीको दाबी- तस्कर र कमिसनखोरको ‘निदहराम’ भयो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ८
narayan_kaji

काठमाडौँ-  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले, भ्रष्टाचार नियन्त्रण नभएसम्म विकास सम्भव नरहेको बताएका छन्। माओवादी केन्द्रको पार्टी प्रवेश कार्यक्रममा उनले, सुशासन कायम नगरी विकास सम्भव नरहेको तर्क गरेका हुन्।

कमिसनखोर र उनीहरुको संरक्षणमा लागेकाहरुको निद हराम भएको उनको जिकिर छ। ‘सुशासन कायम नगरी भ्रष्टाचार, कमिशन, तस्करी, कालाबजारी, ठगीलाई अन्त्य गरेर नयाँ वातावरण सिर्जना नगरि समृद्ध र विकासको प्रक्रिया तीव्र हुँछन,’ उनको जिकिर थियो, ‘हामी सुशासनको बाटोमा अगाडि बढेका छौँ। त्योदेखि सकेपछि जो भ्रष्टाचार, तस्करी, कमिशनखोरीमा संलग्न छन्, तीनका रक्षा गर्ने काममा संलग्न छन् तीनिहरु आतंकित बनेका छन्।’

उनले सरकारविरुद्ध विभिन्न खाले आक्रमण भइहरेको जिकिर गरे। सरकारलाई एउटापछि अर्को अक्रमण गर्ने र यसको व्यवहारिक नेतृत्वलाई असफल बनाउन र त्यसमाथि आक्रमण गर्न खनिरहेको उनको आरोप थियो।

उनले सरकार नेपाली जनतालाई नयाँ जीवन दिने बाटोमा लागेको दाबी गरे। त्यसका लागि सुशासनको सवालमा कुनै सम्झौता नगर्ने उनको दाबी थियो। ‘शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यन्न, आवास, बाटो सबैको आवश्यकताहरु पूरा गरेर जनतालाई नयाँ जीवन दिन्छौँ। जतिसुकै आक्रमण गर्ने काम होस् हामी जनताको समर्थनमा हामी लाग्ने छौँ,’ उनले भने ‘प्रधानमन्त्रीको नेतृत्वको सरकार र मेरो गृहमन्त्रीको पदको निरन्तरता र भ्रष्टाचारी, कमिसनखारी, तस्करी, कालाबजारी र ठगीको निरन्तरता साथ साथै जान सक्दैन। हाम्रो सरकारलाई निरन्तरता दिने हो भने हामीले यो अभियान अगाडि बढाउँनै पर्छ, सुशासन स्थापित गर्न पर्छ, यसमा सम्झौता हुने छैन।’

उनले अहिले आफूहरुले पाँच कार्यभार पूरा गर्न कटिबद्ध भएर लागेको बताए। त्यस्तै उनले लोकतन्त्रलाई माध्यम बनाएर सामाजिक आर्थिक रुपान्तरण गर्नु छ र देशलाई विकासको बाटोमा लानु अर्को कार्यभार भएको बताए। ‘आर्थिक क्रान्ति, सामाजिक रुपान्तरण गर्ने हाम्रो मुख्य काम हो। शान्तिप्रक्रियाको काम पूरा गर्नुपर्ने छ। संक्रमणकालीन न्यायको काम पूरा गर्ने हो, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगको काम पूरा गर्न बाँकी छ। त्यो भए मात्रै शान्तिप्रक्रिया पूरा हुन्छ त्यसको लागि हामी प्रतिवद्ध छौँ, ’ उनले भने।

प्रकाशित: २०८० भदौ ८ गते शुक्रबार ०५:४१
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना