काठमाडौँ- बागमती नदीमा र्याफ्टिङ चलाएर बागमती नदी महोत्सव- २०८० मनाइएको छ। बागमती र सहायक नदीहरूको बिग्रँदो अवस्थालाई सुधार गर्न नेपाल नदी संरक्षण संस्था र नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)ले शनिबार ‘बागमती नदी महोत्सव’ गरेको हो।
‘कर्तव्य बनाऔ बागमती सफाई: स्वच्छ नदी हाम्रो सन्ततिलाई’ भन्ने नाराका साथ र्याफ्टिङ गरिएको हो। २३ वर्षअगाडि नेपाल नदी संरक्षण संस्थाको अगुवाइमा एकदिने कार्यक्रमबाट र्याफ्टिङ थालिएको थियो।
बागमती तथा यसका सहायक नदीहरुको बिग्रदो अवस्थामा यसलाई सुधार गर्नकोलागि कुनै पनि सरकारी निकाय, गैर सरकारी तथा आम नागरिकहरु अग्रसर नभएको अवस्थामा तत्कालिन समयमा बागमति नदी महोत्सव शुरु गरिएको हो।
नेपाल नदी संरक्षण संस्था, नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) / फेण्ड्स क्लव कोपुण्डोलको संयुक्त आयोजना र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा कार्यक्रम सम्पन्न भएको हो। कुपण्डोलस्थित बागमती पुलमा महोत्सवको २३औं संस्करण मनाइएको थियो।
नाराका उपाध्यक्ष शिशिर खनालले बागमती नदी सभ्यताको पहिचान, संरक्षण र सम्वद्र्धनका साथै र्याफ्टिङ र जल पर्यटनको उजागर गर्नका लागि र नदी महोत्सव तथा महाजलयात्रा गरिएको बताए।







0







सबै तस्बिर : नेपाल फोटो लाइब्रेरी


