काठमाडौँ- देशमा भएका सबै भ्रष्टाचारका काण्डको छानबिन गर्न माग गर्दै बृहत् नागरिक आन्दोलनले खबरदारी प्रदर्शन गरेको छ।
शनिबार भद्रकाली मन्दिर परिसरमा आन्दोलनले प्रदर्शन गरेको हो।
दण्डहीनता, नक्कली भुटानी शरणार्थी प्रकरण, सुनकाण्डलगायतका अनियमिततामाथि छानबिन गर्नपर्ने उनीहरूको माग छ।
विरोधसभामा सहभागीहरुले विभिन्न पम्पलेट, प्लेकार्ड प्रदर्शन गरेका थिए।











