काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सद्भावका लागि सबैलाई अपिल गरेका छन्। शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक एकतामा खलल पुग्ने कार्यबाट टाढा रहन अपिल गरेका छन्।
‘सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा रही एकता र सद्भावको पक्षमा उभिन र समस्या समाधानका निम्ति आ–आफ्नो ठाउँबाट सम्भव पहल लिनुहुन धरानबासी जनसमुदाय लगायत सम्पूर्ण नेपालीमा हार्दिक अपिल गर्दछु,’ प्रधानमन्त्रीको अपिलमा भनिएको छ।
कसैले कसैको धर्म र भावनाप्रति नकारात्मकता, द्वैय बढाउने तथा एक अर्कको धर्ममा खलल पार्नेगरी कुनै काम, व्यवहार गर्न निषेध गरिएको पनि प्रधानमन्त्री प्रचण्डले सम्मरण गराएका छन्। केही दिनयता सांस्कृतिक नगरी धरानमा भइरहेका गतिविधि र त्यसले हाम्रो सद्भाव एवं एकतामा पार्न सक्ने नकारात्मक प्रभावबारे नेपाल सरकार गम्भीर रहेको उनले विज्ञप्तिमा बताएका छन्।
यस्तो छ प्रधानमन्त्रीको अपिल



