२०८३ कार्तिक १४ गते शुक्रबार

निर्वाचन आयोग प्रमुख भन्छन्- भोट हाल्दिनँ भन्न पाइन्छ, निश्चित चिन्ह राख्छौँ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ११
dinesh_kumar_thapaliya

काठमाडौँ- निर्वाचन आयोगको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगको लागि तयार पारिएको कानूनमा कसैलाई भोट हाल्दिन भन्ने विकल्पको लागि निश्चित चिन्ह राख्ने व्यवस्था रहेको बताएका छन्।

निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरणको ऐन बारे छलफल कार्यक्रममा प्रमुख आयुक्त थपलियाले कसैलाई भोट हाल्दिन भन्ने व्यवस्था गरेको र कूल मतको ५० प्रतिशतभन्दा बढि मत आयो भने निर्वाचन रद्ध हुने व्यवस्था रहेको पनि बताए। यसको साथै उनले, उक्त निर्वाचनका उम्मेदवारले अर्को पटक उम्मेद्वारी दिन नपाउँने नयाँ खालको व्यवस्था पनि आएको जानकारी गराएका छन्।

‘नेपाल कानून समाजद्वारा निर्वाचन आयोगको लागि तयार पारिएको निर्वाचन सम्बन्धी कानूनमा कोही व्यक्तिलाई कसैलाई पनि भोट हाल्न मन नभए मतपत्रमा म कसैलाई भोट हाल्दिन भन्ने विकल्पको लागि निश्चित चिन्ह राख्ने व्यवस्था गरेका छौँ,’ उनले भने, ‘त्यो म कसैलाई भोट हाल्दिन भन्ने मतमा कूल मतको ५० प्रतिशतभन्दा बढी भयो भने त्यो निर्वाचन रद्द हुन्छ। त्यति बेला उम्मेद्वार भएको मानिसहरुले पुनः उम्मेदवारी दिन सक्दैन। किनभने उनीहरुलाई जनताले अस्वीकार गरिसकेको हुन्छ। यो व्यवस्था पनि राखेका छौँ।’

प्रमुख आयुक्त थपलियाले ऐनलाई लागू गरेर २०८४ को निर्वाचनलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने मुख्य उद्देश्य रहेको भन्दै निर्वाचन सजिलो, सरल र निष्पक्षताका साथ सम्पन्न गर्न पनि पहल गरेको बताए।

निर्वाचन प्रणालीलाई सुधार गर्नको लागि सञ्चार माध्यमको पनि सकारात्मक हस्तक्षेप आवश्यक भएको भन्दै निर्वाचन सम्बन्धी कानूनलाई आम चर्चाको विषय बनाउन पनि थपलियाले आग्रह गरे।

‘निर्वाचन शासकीय प्रणालीमा परिवर्तन गर्ने हो भने निर्वाचनको व्यवस्थापनमा सुधार हुनुपर्छ। निर्वाचन गतिलो भयो भने मात्रै र निर्वाचनमा सदाचारिता कायम गर्न सक्यो भने मात्रै हामीले खोजेको सुशासन प्राप्त हुन सक्छ भन्ने उद्देश्यका साथ यो ऐनको मस्यौदा तयार गरेर पेस गरेका छौँ,’ उनले भने, ‘त्यसकारण यसलाई छिटो पारित गर्नको लागि सकारात्मक हस्तक्षेपको चाहियो, त्यो हामी तर्फ पनि केन्द्रीत भए हुन्छ। निर्वाचन सम्बन्धी कानूनलाई आम चर्चाको विषय बनाई दिनु हुन पनि आग्रह छ।’

निर्वाचन लोकतन्त्रको आधारस्तम्भ र प्राणवायु भएको चर्चा गर्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनको आवधिक अभ्यासबाट नै कनै पनि मुलुकको लोकतन्त्र सुदृढ हुने बताए।

प्रकाशित: २०८० भदौ ११ गते सोमबार ०१:३४
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना