काठमाडौं– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्राध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जोडबलमा निर्माण गरिएको चार कम्युनिस्ट दल सम्मिलित समाजवादी मोर्चाले लुम्बिनी प्रदेशको बुटवलमा सन्देशसभा आयोजना गर्दै छ।
बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सभामा प्रधानमन्त्री प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जसपा केन्द्रीय कार्यकारिणी सदस्य राजकिशोर साहले सम्बोधन गर्नेछन्। जसपा अध्यक्ष उपेन्द्र यादव पारिवारिक भ्रमणका क्रममा भारतमा रहेकाले राजकिशोरले सम्बोधन गर्न लागेका हुन्।
सभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड दिउँसो १ बजे बुटवल पुग्दै छन्। समाजवादी मोर्चाको यो सन्देशसभा हो। मोर्चाले सातै प्रदेशमा यस्तो सन्देशसभा गर्दै छ।
मोर्चाले ८ भदौमा वीरगञ्जमा सभा गरेको थियो। मोर्चाले धनगढीमा १३ भदौ, सुर्खेतमा १४ भदौ, पोखरामा १५ भदौमा सभा गर्दै छ।


