काठमाडौं– बागमती प्रदेशसभा बैठक अधिवेशन १८ भदौ अपराह्न १ः३० बजे बस्ने गरी आह्वान गरिएको छ। सोही दिनको ११ः३० बजे संसद् सचिवालयमा कार्यपरामर्श व्यवस्थापन समितिको बैठक बसेर अपराह्नमा बस्ने संसद् बैठकका लागि कार्यसूची तयार पारिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको हो।
गत २१ असारमा बसेको प्रदेशसभा बैठकले सरकारका दुई वटा विधेयक पारित गरेपछि अर्को सूचना जारी नभएसम्मका लागि सभामुख भुवनकुमार पाठकले बैठक स्थगित गरेका थिए। उक्त दिन बस्ने बैठकमा प्रदेशसभाका सदस्यलाई उपस्थित हुन सूचना सम्पे्रषित गरिसकेको पनि प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए।
प्रदेशसभा सचिवालयमा प्रदेश सरकारको तर्फबाट एउटा नयाँ विधेयक दर्ता गरिएको छ। प्रदेशसभा सचिवालयमा दर्ता गरिएको विधेयक विज्ञान प्रवृत्ति, नवप्रवद्र्धन तथा विकास कोष सञ्चालन गर्न बनेको विधेयक, २०८० रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले बताए।


