काठमाडौँ- काठमाडौँमा विद्युतीय उपकरणसम्बन्धी प्रदर्शनी सुरु भएको छ।
नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अप्लायन्सेस तथा नेपाल ईभी अन्तराष्ट्रिय प्रदर्शनी कार्यक्रम भृकुटीमण्डपमा सुरु भएको हो।
ती दिन लाग्ने यो प्रदर्शनीमा विद्युतीय सवारी साधनदेखि अन्य घरेलु उपकरण राखिएका छन्।
प्रदर्शनीको उद्घाट्न ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले गरेका थिए।




















