काठमाडौँ- प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट हुने रोपाइँ जात्रा काठमाडौंस्थित बौद्धमा मनाइएको छ।
विश्वसम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रमा मनाइने ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्वको जात्रा विधि मात्र पूरा गरेर सम्पन्न गरिएको हो। जात्रामा ६० केजी सुन प्रकरण, महानगरपालिकाले ठेला व्यापारीहरुलाई गरेको ज्यादतिलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिएको थियो।
विशेष गरी नेवार समुदायले मनाउन सुरू गरेको रोपाइँ जात्रा अहिले देशैभरका विभिन्न स्थानमा मनाउने गरिन्छ।
धान रोप्ने काम सकिएको खुसीयालीमा जात्रा मनाइने गरिन्छ। वर्षभर बौद्ध क्षेत्रबाट दिवंगत भएकाको मोक्ष प्राप्तीको कामना गर्दै बौद्ध चैत्यमा रोपाइँ जात्रा मनाइएको हो।
जात्रा कामनपा वडा नं. ६ र बौद्ध क्षेत्र विकास समितिको सहयोगमा मनाइएको हो।














